झापा। झापा दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा दमक–८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।
उनका अनुसार हिजो दिउँसो पौने २ बजे दमक–६ स्थित एक घरमा मिस्त्री काम गर्दै आएका धोनियाको लडेर मृत्यु भएको हो।
घरको दोस्रो तलामा फिनिसिङको काम गर्ने क्रममा लडेर बेहोस भएका धोनियालाई उपचारार्थ अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
" /> झापा। झापा दमक नगरपालिकामा घर बनाउने क्रममा एक मजदुरको लडेर मृत्यु भएको छ।मृत्यु हुनेमा दमक–८ मा बस्दै आएका ६० वर्षीय आतादुल धोनिया रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए।

">