नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक भएर म सेवा निवृत्त भएको थिएँ। त्यसको केही समयमा स्वास्थ बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी पाएँ। स्वास्थ्य बीमा पनि राष्ट्र बैंक जस्तै व्यवस्थित होला भन्ने लागेको थियो। तर, जब म त्यहा पुगें, त्यस्तो पटक्कै पाइनँ। योजनाको परिलक्षित कार्यक्रमअन्सार बोर्ड अघि बढेको रहेनछ।

मन्त्रालयबाट स्वास्थ बीमा कार्यक्रममा जति ध्यान दिनुपर्ने थियो त्यो दिइएको थिएन। म जाँदा  कार्यक्रम नै मृतप्रायः थियो। देशमा सिटामोल खान नपाएर मान्छे मर्नुपर्ने अवस्था थियो। यस्तो अवस्थामा स्वास्थ बीमा निकै प्रभावकारी हुने र त्यहीँ रूपमा अघि बढेको छ भन्ने विश्वास मलाई थियो। आर्थिक अभावका कारण स्वास्थ सेवामा पहुँच नपुगेकालाई प्राण दिएको होला भन्ने आशा थियो।

रमेशकुमार पोखरेल

तर, मैले जिम्मेवारी लिएर जाँदा त्यस्तो केही पाइनँ। ३० जिल्लामा कार्यक्रम सम्पन्न भएर थप ६ जिल्लामा कार्यक्रम विस्तारको योजना थियो। सेवा प्रदायक संस्थ्याहरूमा समेत स्वास्थ्य बीमा के हो भनेर बुझाउनुपर्ने अवस्था थियो। जनताले त कहाँ बुझ्नु ? त्यतिबेला जम्मा ११ लाखले स्वास्थ्य बीमा गरेका थिए। त्यसको एक–दुई महीना पछि १३ लाख पुग्यो। यो कार्यक्रमको लक्षित वर्ग भनेको अति विपन्न परिवार, जेष्ठ नागरिक लगायत थिए। जति पनि लक्षित वर्ग थिए तिनीहरूमाझ यो कार्यक्रम पुगेकै थिएन।

स्वास्थ्य बीमा कार्यक्रमलाई ३–४ वटा आयामबाट हेर्नुपर्छ। सेवाको विस्तारको आयामबाट भन्नु पर्दा अहिले मैले छोड्दा यो कार्यक्रम ५८ जिल्लामा पुगेको छ। म आउँदा स्वास्थ्य बीमा बोर्ड गठन भएको ३ वर्षभन्दा बढी समय भएको थियो। त्यतिबेलासम्म जम्मा ३० जिल्लामा पुगेको थियो भने ६ वटा जिल्लामा लैजाने प्रक्रिया शुरू भएको थियो। अहिले देशका ५८ जिल्लामा यो कार्यक्रम सञ्चालन भएको छ।

स्थानीय तहको आधारमा हेर्ने हो भने म आउनुअघि ३०० भन्दा कम स्थानीय तहमा भएको स्वास्थ्य बीमा कार्यक्रम ५६० स्थानीय तहमा पुगेको छ। मैले जिम्मेवारी सम्हाल्नुअघि जम्मा तीन लाख परिवार स्वास्थ बीमामा आवद्ध थिए। अहिले साढे आठ लाख परिवारमा यो कार्यक्रम पुगेको छ। अतिविपन्नको आँकडा हेर्ने हो भने साढे दुई लाखको हाराहारीमा थियो, अहिले सात लाखभन्दा बढि त्यस्ता नागरिक आबद्ध भएका छन। जेष्ठ नागरिक शून्य थियो भने अहिले तीन लाखभन्दा माथि पुगेको छ।

कोही व्यक्तिले कुनै राम्रो काम गर्न खोज्छ भने उसलाई सहयोग गर्नुपर्छ भन्ने मेरो भावना हो। उसका लागि बाहिरी वातावरण पनि सहयोगी हुनुपर्छ। त्यो भनेको नियामक वातावरण र भूमिका हो। तर, ती निकायबाट सधै असहयोग मात्र पाइयो।

अरू लक्षित वर्गहरूमा यो पुगेकै थिएन,  अहिले अपाङ्गता भएका एक लाखमा यो पुगेको छ। सेवा विस्तार पनि पहिलेको तुलनामा साढे दुई गुणाको दरले विस्तार भएको छ। दोस्रो कुरा, म आउनुअघि कार्यक्रमप्रति आम नागरिकको भरोसा मरिसकेको थियो। पहिला बीमा गरिसकेकाहरूको पनि विश्वास गरेका थिएनन्। नविकरण गर्नेको सङख्या समेत घटेको थियो। जम्मा ५४ प्रतिशतले मात्र नविकरण गरेका थिए। अहिले नविकरण गर्नेको दर ८८ प्रतिशत छ। यसले आम नागरिकको स्वास्थ्य बीमाप्रति गुमेको भावना पनि जागृत गरेको छ।

बीमा हाम्रो स्वास्थ्य सेवाको खम्बा हो भन्ने जनताले अहिले महसुस गरेका छन। त्यस्तो अवस्थामा पनि मेरो टीमले काम गर्न सफल भएको महसुस हुन्छ। स्वास्थ्य बीमा कार्यक्रमलाई स्वास्थ्य मन्त्रालयले कहिल्यै सहयोग गरेन। बोर्डमा एउटा सानो टीम थियो जसले मलाई सहयोग गरेको थियो। असहयोग हुँदा पनि मलाई काम गर्नुपर्छ भन्ने लागेको थियो। किनकी प्रधानमन्त्रीले जुन विश्वास र भरोसाले मलाई यो कार्यक्रमको जिम्मेवारी सुम्पिनु भयो त्यसैले यो काम गर्नुपर्छ भन्ने लाग्यो। आत्मविश्वास थियो, काम गर्छु भन्ने थियो।

ऐन अनुसार मेरो कार्यअवधि ४ वर्षको थियो। अझै अढाई वर्ष बाँकी थियो। म मिसन लिए आएको मान्छे। तर, पौडी खेल्नको लागि हात खुट्टा बाँधेर सागरमा हाल्दिए जस्तो भयो। स्वास्थ बीमा बोर्ड र मन्त्रालय जो नियामक निकाय थिए दुवैले सहयोग गरेनन्। बोर्ड जहिल्यै मेरो प्रतिकूल रहेको महसुस भयो। मन्त्रालयले पनि वेवास्ता गर्ने र मैले राखेका कुनै पनि कुरालाई सम्बोधन नगर्ने गर्‍यो। तर, पनि हिम्मत हारिनँ। हरेक कुराको एउटा सीमा हुन्छ। म पनि कुनै दैवीशक्ति भएको व्यत्ति त होइन।

कोही व्यक्तिले कुनै राम्रो काम गर्न खोज्छ भने उसलाई सहयोग गर्नुपर्छ भन्ने मेरो भावना हो। उसका लागि बाहिरी वातावरण पनि सहयोगी हुनुपर्छ। त्यो भनेको नियामक वातावरण र भूमिका हो। तर, ती निकायबाट सधै असहयोग मात्र पाइयो। बोर्डमा जनशक्ति समस्या थियो। अस्थायी संरचना थियो। बल्लतल्ल संगठन तथा व्यवस्थापन सर्भे (ओएनएम) बोर्डबाट पास गरें। मन्त्रालय पठाएको एक वर्ष भयो। स्थायी संरचनाको व्यवस्था गर्ने प्रयास पनि पूरा हुन सकेन। उल्टो मलाई स्पष्टिकरण सोधियो। त्यसपछि, मैले मन्त्रीकहाँ गएर मलाई नचाहनु भएको हो ? भनेर सोधें। त्यसो हो भने म एक मिनेट पनि बस्दिनँ। कुनै प्रक्रिया चाहिदैन। म राम्रो काम गर्न आएको हुँ भनेँ।

अपेक्षा गरेका निकायबाट कहिल्यै सहयोग नभएपछि कुर्सीमा मात्र किन बस्ने भनेर राजिनामा गरें। आफूले चाहेको मान्छे ल्याउनुस् भनेर मार्ग प्रस्तुस्त गरेको हुँ।

मन्त्रीले तपाईंले राम्रो काम गर्नुभएको छ सहयोग गर्छौं, स्पष्टिकरण तपाईंप्रति लक्षित होइन भन्नुभयो। अरु बोर्ड सदस्यलाई सोध्दा तपाईंलाई पनि सोधेको हो भनियो। मन्त्रीको मुखबाटै यति सुनेपछि म फेरि दैनिक काममा फर्कें। स्पष्टिकरणको जवाफ पनि दिएँ। हुन त ऐन कानून अनुसार मैले स्पष्टिकरण दिनुपर्ने होइन। जुन निकायले नियुक्त गर्छ त्यो भन्दा तल्लो तहले मलाई स्पष्टिकरण सोध्न मिल्दैनथ्यो। तर, पनि मन्त्रीको सम्मान गर्न जवाफ दिएको हुँ। कानूनी रूपमा दिन बाध्य थिइनँ। मन्त्रिपरिषद्ले मात्र मलाई स्पष्टिकरण सोध्न सक्थ्यो।

यसप्रति अलि चित्त नबुझे पनि सचिव र मन्त्रीहरूले तपाईंप्रति लक्षित होइन भनेपछि यसलाई बिर्सेर काममा फर्केको थिएँ। त्यसपछि धेरै योजनाहरूबारे मैले कुरा गरें। तर, सहयोग भन्दा बढी निरुत्साहित गर्ने काम भयो। मेरो भावनामा पटक–पटक ठेस पुर्‍याउने काम भयो। फेरि पनि अर्को स्पष्टिकरण सोधियो तीन दिनको समय दिएर।

अब म ढुक्क भएँ- स्पष्टिकरण उहाँहरूको दिमागले मात्र मागिएको होइन। स्वास्थ्य क्षेत्रमा माफियाहरूको चलखेल हुन्छ र त्यहाँको वातावरणलाई उनीहरूले आफ्नो पक्षमा लिने प्रयास गर्छन। हिजो पनि यस्तो थियो आज पनि छ। यस्तो पक्ष अहिले पनि सलबलाएको भान मलाई भयो। दुईपटक स्पष्टिकरण सोध्ने कुरा संयोग मात्र होइन। म कसैको बाधक बनिरहेको छु की भन्ने लायो। आत्मसम्मानमा ठेस पुगेपछि र पटक पटक अपमानित महसुस भएपछि मलाई यहाँ बस्न हुन्न भन्ने लाग्यो।

अपेक्षा गरेका निकायबाट कहिल्यै सहयोग नभएपछि कुर्सीमा मात्र किन बस्ने भनेर राजिनामा गरें। आफूले चाहेको मान्छे ल्याउनुस् भनेर मार्ग प्रसस्त गरेको हुँ।

(स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक पोखरेलसँग देखापढी संवाददाता रोजिना थापाले गरेको कुराकानीमा आधारित)

" /> नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक भएर म सेवा निवृत्त भएको थिएँ। त्यसको केही समयमा स्वास्थ बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी पाएँ। स्वास्थ्य बीमा पनि राष्ट्र बैंक जस्तै व्यवस्थित होला भन्ने लागेको थियो। तर, जब म त्यहा पुगें, त्यस्तो पटक्कै पाइनँ। योजनाको परिलक्षित कार्यक्रमअन्सार बोर्ड अघि बढेको रहेनछ।

"> स्वास्थ्य बीमामा माफियाको चलखेल बढ्यो, आत्मसम्मानमा पनि ठेस पुग्यो अनि राजीनामा दिएँ (भिडिओसहित): Dekhapadhi
स्वास्थ्य बीमामा माफियाको चलखेल बढ्यो, आत्मसम्मानमा पनि ठेस पुग्यो अनि राजीनामा दिएँ (भिडिओसहित)

प्रतिक्रिया दिनुहोस्