पछिल्लो ६ घण्टामा मापन भएको वर्षा।
आज यी ठाउँमा वर्षाको सम्भावना
काठमाडौं। आज रातिदेखि काठमाडौं उपत्यका लगायत देशका अधिकांश ठाउँमा पानी परिरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

प्रदेश १, २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

ती प्रदेश भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अनपनाउन सर्वसाधारणमा अनुरोध गरिएको छ।

हाल मनसुनी न्यून चापीय रेखा तराई भूभाग नजिक रहेकोले त्यसैको असर नेपालको मौसममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्