म्याग्दी। म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ।प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्।
धवलागिरि-६ मराङका १८, मालिका-७ बिमका ८ र रघुगङ्गा-६ ठाडाखानीका एकजनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए।
उनका अनुसार धवलागिरि-६, मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ।
मालिका-७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपालीको पनि पहिराेमा पुरिएर मृत्यु भएको छ। लापु खोलाले बगाएर रघुगङ्गा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो।
मराङको रिखको पहिराेमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन्।
पहिराले पुरिएका मालिका-७ बिमकी एलिसा केसी, धवलागिरि-६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखु खोलामा बेपत्ता भएकी मालिका-६ की गीता रोका भेटिएका छैनन्।
प्रहरीका अनुसार पहिराेका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ।
पहिराेमा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सातजनाको बेनी अस्पताल, एक जनाको काठमाडाैं र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। रासस
" /> म्याग्दी। म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिराेमा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ।प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन्। चारजना अझै बेपत्ता छन्।धवलागिरि-६ मराङका १८, मालिका-७ बिमका ८ र रघुगङ्गा-६ ठाडाखानीका एकजनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए।

">