काठमाडौं। २०७२ सालमा भूकम्पबाट भत्किएको रानीपोखरीको पुनर्निर्माण ७० प्रतिशतभन्दा बढी सकिएको छ। कुनै अवरोध नभए अबको तीन महीनामा रानीपोखरी तयार हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।
नयाँ बनेको रानीपोखरीमा करीब ३०० करोड लिटर पानी अट्छ। अर्थात, रानीपोखरी भर्नको लागि ३०० करोड लिटर पानी चाहिन्छ। कसरी भरिन्छ त रानीपोखरी ?
राष्ट्रिय पुननिर्माण प्राधिकरणले रानीपोखरीमा पानी भर्नको लागि दुई वटा योजना बनाएको छ। पहिलो, रानीपाखेरी वरपर आकाशे पानीको संकलन गरेर रानीपोखरीमा हाल्ने। त्यसका लागि रानीपोखरी नजिकै रहेको दरबार हाई स्कूल र त्रिचन्द्र क्याम्पसमा ‘रेन वाटर हार्भेस्टिङ सेन्टर’ बनाउन लागिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग आबद्ध सम्पदा विज्ञ राजुमान मानन्धरले वर्षातको पानी संकलन गरेर रानीपोखरी आधा भर्ने योजना रहेको बताए।
यी दुई ठाउँमा वर्षातको पानी संकलनका लागि कलेक्सन ट्याङक बनाउने र त्यसमार्फत पानी रानीपोखरीमा पुर्याउने योजना छ। १७६ दिनको आकाशे पानी संकलन गर्दा पोखरीमा आधा पानी भरिने अनुमान प्राधिकरणको छ।
त्यसबाहेक, काठमाडौंमा ल्याउन लागिएको मेलम्चिको पानीले पनि रानीपोखरी भर्ने योजना छ।
मेलम्चीबाट काठमाडौंमा पानी ल्याउनको लागि अहिले सुरूङ परीक्षणको काम भइरहेको छ। मेलम्चीको सुरूङ परीक्षण गर्नका लागि करीब २६ किलोमिटर सुरूङ पानीले पुरै भर्नुपर्ने हुन्छ।
उक्त सुरूङ पानीले भरिएपछि कहीँकतै समस्या छ वा छैन पत्ता लाग्छ र सुरूङको पानी खन्याइन्छ। त्यही पानी रानीपोखरीमा ल्याउनको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहल गरिरहेको छ। प्राधिकरणका सचिव रामकृष्ण सापकोटाले रानीपोखरीमा मेलम्चीको पानी ल्याउन छलफल अघि बढाएको बताएका छन्।
त्यसबाहेक, टुँडिखेलमा भएको इनारबाट पनि पानी तानेर रानीपोखरीमा हाल्ने योजना पनि राष्ट्रिय पुननिर्माण प्राधिकरणले बताएको छ।
" /> काठमाडौं। २०७२ सालमा भूकम्पबाट भत्किएको रानीपोखरीको पुनर्निर्माण ७० प्रतिशतभन्दा बढी सकिएको छ। कुनै अवरोध नभए अबको तीन महीनामा रानीपोखरी तयार हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ।नयाँ बनेको रानीपोखरीमा करीब ३०० करोड लिटर पानी अट्छ। अर्थात, रानीपोखरी भर्नको लागि ३०० करोड लिटर पानी चाहिन्छ। कसरी भरिन्छ त रानीपोखरी ?

">