धनुषा। बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा बढी पानी जमेको छ।
पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ।
जनकपुरधामका प्रायः सडक छेउमा रहेका घर तथा सरकारी कार्यालयमा पानी पस्नुका साथै जमेको छ।
मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान, रामानन्दचोक, जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल परिसर डुबानमा परेको छ।
प्रादेशिक अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ। आकस्मिककक्षको छत चुहिएका कारण पानी जमेको कर्मचारीले बताएका छन्।
अस्पतालमा पानी जमेका कारण बिरामीलाई उपचारमा समस्या भइरहेको छ। जनकपुर उद्योग वाणिज्य संघ, भानुचोक, मिल्स एरिया, मुरलीचोक, विश्वकर्माचोक, कदमचोक र रमानन्दचोकमा समेत पानी जमेको छ। रासस
" /> धनुषा। बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले जनकपुरधाम जलमग्न हुनुको साथै धनुषा जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाको जनजीवन प्रभावित भएका छन्। यहाँको मूल सडकमा दुई फिटभन्दा बढी पानी जमेको छ।पानीको निकास नहुँदा घरघरमा पानी पसेको छ।

">