काठमाडौं। सङ्खुवासभामा ५० वर्षीय एक महिलाको हत्या आरोपमा दाजुबहिनी पक्राउ परेका छन्।
धर्मदेवी–९ मुलगाउँकी मनमाया जिमीको हत्यामा संलग्न भएको आरोपमा उनकै श्रीमान रुद्रबहादुर जिमी र नन्द कुमारी जिमीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए।
घाँस काट्न गएकी मनमाया भोलिपल्टसम्म नआएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मुलगाउँ नजिकैको जङ्गलमा उनी मृतअवस्थामा फेला परेकी थिइन्। धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्था मनमायाको शव फेला परेको प्रहरीले जनाएको छ।
रासस