काठमाडौं। पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा समस्या भएको छ। अन्य समयमा भन्दा वर्षातको समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको काठमाडौं महानगरपालिकाको भनाइ छ।
समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ।
कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार यसअघिका वर्षमा पनि वर्षातको समयमा समस्या हुने गरेको थियो। अहिले झन् सिसडोल भरिएकाले फोहर राख्ने स्थानको पनि अभाव भएको छ।
१३ वर्षदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर उक्त स्थानमा विसर्जन गरिँदै आइएको छ। जुन स्थान दुई वर्षको लागि लिइएको थियो।
सिसडोलभन्दा दुई किलोमिटर पर एक हजार ७०० रोपनी जग्गा अधिग्रहण गरिसकेको भए पनि निर्माणको काम अघि बढ्न सकेको छैन। उक्त स्थान निर्माणका लागि करिब तीन अर्ब रकम र कम्तीमा दुई वर्षको समय लाग्ने अनुमान गरिएको छ।
उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी कामपाबाट ५०० मेट्रिक टन फोहर लगिने गरिएको छ। हरेक दिन उपत्यकाबाट निजी र कामपाको गरी २०० गाडीमा फोहर लगिने गरिएको छ।
वर्षाको समय आएपछि बाटो पहिराले पुर्ने र खाल्डो पर्ने हुँदा लामो समयसम्म पनि फोहर उपत्यकामा नै रहने समस्या कुनै नौलो भने होइन। उपत्यकाको १८ स्थानीय तहबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहर पनि ल्याण्डफिल साइटमा आउने गरेको छ।
रासस
" /> काठमाडौं। पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकाको फोहर व्यवस्थापनमा समस्या भएको छ। अन्य समयमा भन्दा वर्षातको समयमा फोहर बढी उत्पादन हुने र समय–समयमा बाटो बिग्रने हुँदा समस्या भएको काठमाडौं महानगरपालिकाको भनाइ छ।समस्या फोहर लानका लागि मात्रै होइन, व्यवस्थापनको पनि उत्तिकै छ। हाल फोहर व्यवस्थापन गरिरहेको स्थान सिसडोल भरिसकेकाले त्यस स्थानभन्दा केही तल भ्याली टुमा अहिले काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ।

">