लम्की। सुदूरपश्चिममा केही दिनदेखि अविरल वर्षा भइरहेपछि यहाँका स्थानीय तह बाढीबाट हुने जोखिम न्यूनीकरणको पूर्वतयारीमा जुटेका छन्।
कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह बाढीबाट हुने क्षतिलाई कम गर्न पूर्वतयारीमा लागेका हुन्।
टीकापुर, भजनी, लम्कीचुहा नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकाले बाढीको जोखिमबाट बच्न राहत तथा उद्धारका सामग्री खरिद, स्थानीयस्तरमा छलफल तथा उद्धार टोली तयारजस्ता कार्य थालेका छन् ।
“वर्षा सुरू भएकाले यहाँका नदीमा पानीको बहाव पनि बढेको छ”, टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल भन्छन्, “स्थानीयस्तरमा छलफल, उद्धारका सामग्री तयारी अवस्थामा राख्ने काम भइसकेको छ। विपद् व्यवस्थापन समितिको बैठक बसेर बाढी आउन सक्ने जोखिम र यसबाट बच्ने उपायबारे पनि सरोकारवालाबीच छलफल भएको छ।”
उनले टीकापुर नगरपालिकामा बाढी आएका नागरिक राख्न करिब एक दर्जन घरसमेत निर्माण भएकाे बताए।
सिँचाइ आयोजनाले आयोजनाको सिँचित क्षेत्रका कटानको जोखिम रहेका एक हजार ७०० भन्दा बढी स्थानमा तटबन्धको कार्य गरिरहेको छ।
आयोजनाले तटबन्ध निर्माण थालेपछि केही वस्ती भने जोगिएका छन्।
कैलालीमा हरेक वर्ष वर्षातकाे समयमा डुबान तथा कटानबाट धनजनको क्षति हुने गर्दछ।
यस वर्ष फेरि वर्षासँगै कोरोनाको त्रास पनि थपिएको छ । कोरोनाको समस्या समाधान नहुँदै अर्को विपत्ति आउने सम्भावना रहेकाले नागरिकमा त्रास बढेको हो ।
स्थानीय तह एकातिर कोरोना नियन्त्रण तथा रोकथाममा जुटिरहेका छन् भने अर्कोतिर वर्षासँगै आउन सक्ने बाढीबाट हुन सक्ने क्षतिलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा तयारी गरिरहेका भजनी नगरपालिकाका नगरप्रमुख शेरबहादुर चौधरीले बताए। रासस
" /> लम्की। सुदूरपश्चिममा केही दिनदेखि अविरल वर्षा भइरहेपछि यहाँका स्थानीय तह बाढीबाट हुने जोखिम न्यूनीकरणको पूर्वतयारीमा जुटेका छन्।कैलालीका पूर्वी क्षेत्रका स्थानीय तह बाढीबाट हुने क्षतिलाई कम गर्न पूर्वतयारीमा लागेका हुन्।

">