काठमाडौं। सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहोर फालिएको भिडिओका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहोर फाल्न संलग्न हुने जतिबाट २३ हजार जरिवाना गराएको छ। काठमाडौं महानगरपालिका–२९ स्थित सेतोपुलमुनि फोहोर फालिरहेका बेला पैदलयात्रीले भिडिओ खिची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहोर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारबाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले बताए।
भिडिओ फोहोर फालिरहेको रिक्साको नं २४३ र फोन नम्बर देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन सकिएको उनले बताए। महानगरपालिकाले रिक्साचालकलाई एक हजार, रिक्सा धनीलाई दुई हजार, फोहोर फाल्नेलाई पाँच हजार जरिवाना गरिएको छ। जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहोर टिप्नु पर्नेछ। यसैगरी फोहोर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ।
उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहोर फालेको भेटेमा तस्वीर वा भिडिओ खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ। रासस
" /> काठमाडौं। सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहोर फालिएको भिडिओका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहोर फाल्न संलग्न हुने जतिबाट २३ हजार जरिवाना गराएको छ। काठमाडौं महानगरपालिका–२९ स्थित सेतोपुलमुनि फोहोर फालिरहेका बेला पैदलयात्रीले भिडिओ खिची सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी फोहोर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारबाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले बताए।भिडिओ फोहोर फालिरहेको रिक्साको नं २४३ र फोन नम्बर देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारबाहीको प्रक्रियामा ल्याउन सकिएको उनले बताए। महानगरपालिकाले रिक्साचालकलाई एक हजार, रिक्सा धनीलाई दुई हजार, फोहोर फाल्नेलाई पाँच हजार जरिवाना गरिएको छ। जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहोर टिप्नु पर्नेछ। यसैगरी फोहोर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ।
उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहोर फालेको भेटेमा तस्वीर वा भिडिओ खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ। रासस
">