कैलाली। खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ।
आलिताल गाउँपालिका-६ मा खानेपानीको विषयमा शुक्रबार साँझ विवाद भएपछि भएको झडपमा परी घाइते भएका गणेश महराका सात वर्षीय छोरा सिद्धार्थ महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बालकको धनगढीस्थित सारथी अस्पतालमा उपचारका क्रममा आज बिहान ९ बजे मृत्यु भएको हाे।
घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक दधीराम न्यौपानेले बताए। उनले घटनाबारे बुझ्ने काम भइरहेको बताए।
" /> कैलाली। खानेपानीको विषयमा विवाद हुँदा भएको झडपमा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ।आलिताल गाउँपालिका-६ मा खानेपानीको विषयमा शुक्रबार साँझ विवाद भएपछि भएको झडपमा परी घाइते भएका गणेश महराका सात वर्षीय छोरा सिद्धार्थ महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

">