कैलाली। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घट्नाबाट बर्सेनि जनधनकाे ठूलाे क्षति हुने गरेकाे छ। तर, विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीमा सरकार प्रत्येक वर्ष चुक्दै आएकाे छ।

क्षति बेहोरेपछि मात्रै व्यवस्थापनमा जुट्ने सरकारी प्रवृत्तिका कारण प्रदेशमा बाढी पहिरोबाट हुने जनधनको क्षति बर्सेनि बढ्दो छ।

असार महिनामा बझाङलगायत जिल्लामा पहिरोले वितण्डा मच्चाइसकेको छ। बझाङकाे केदारश्यु गाउँपालिका-८ मल्लेसीमा असार १९ गते राति पाहिरोमा परी ६ जनाको मृत्यु भएको थियो भने एक जना अझै हराइरहेका छन्। उक्त पहिराेमा दर्जनौं पशु चौपायाको मृत्यु र लाखौंको धनजनको क्षति भएको थियो।

बर्सेनि आउने प्राकृतिक विपत्तिबारे थाहा हुँदाहुँदै पनि  सधैं व्यवस्थापनमा चुक्ने सरकारले पीडितको घाउमा मल्हमसमेत लगाउन सकेको छैन। बाढीपहिरोको मौसम शुरू भएपछि मात्रै त्यसको व्यवस्थापनबारे सोच्ने सरकारले विपत्तिको दीर्घकालीन उपाय र योजना अवलम्बन गर्न सकेको छैन।

विपद्‍बाट बर्सेनि जनधनको ठूलो क्षति

सुदूरपश्चिम प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्‍का घटनामा बर्सेनि जनधनको ठूलो क्षति हुने गरेको छ। तर, सरकारले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिरहेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको प्रदेश विपद् कार्ययोजना अनुसार प्रदेशमा सन् २०१० देखि २०१९ सम्म प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपका तीन हजार ११५ वटा घटना भएका छन्।

पछिल्लो १० वर्षको अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्‍का घटनामा ५० हजार ९६८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। ती घट्नामा ७८५ मानिस घाइते भएका छन् भने एक हजार ३७९ घरहरू पूर्ण र ६ हजार ९४१ घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

सुदूरपश्चिम प्रदेशमा भूकम्प, बाढी तथा पहिरो, डुबान, चट्याङ, खडेरी, हिमपात, असिनापानी, हिमपहिरो, अतिवृष्टि, अनावृष्टि, हुरीबतास, शीतलहर, तातो हावा (लु), वन डढेलो आदि प्राकृतिक तथा सडक दुर्घटना, महामारी, अनिकाल, कीट वा सूक्ष्म जीवाणु, जंगली जनावर आतंक, पशु तथा चराचुरूङ्‍गीमा हुने फ्लु, सर्पदंश, जनावर आक्रमण, खानी हवाई, जल तथा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदूषण, वन विनासलगायतका गैरप्राकृतिक प्रकोपका घटनाहरू बर्सेनि बढिरहेका छन्।

प्रदेश सरकारले पछिल्लो १० वर्षको अवधिमा विपद्‍का विभिन्न घटनामा परी ९९८ जनाको मृत्यु भएको र १७१ जना बेपत्ता भएकाे जनाएको छ। सो अवधिमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्‍का घटनामा ५० हजार ९६८ घर परिवार प्रत्यक्ष प्रभावित भएका छन्। ती घट्नामा ७८५ मानिस घाइते भएका छन् भने एक हजार ३७९ घरहरू पूर्ण र ६ हजार ९४१ घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

उक्त अवधिमा सुदूरपश्चिम प्रदेशमा १२३ वटा बाढीका घटनामा ५६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जनाइएको छ। त्यस्तै, एक सय ७१ चट्याङका घटनामा ६६ जनाको मृत्यु भएको जनाइएको छ। यस अवधिमा प्रदेशभित्र पहिरोका १४४ र हावाहुरीका १२१ घटना भएका थिए।

विपद्‍बाट बर्सेनि एक सयभन्दा बढीको मृत्यु

प्रदेश सरकारले तयार गरेको कार्ययोजना अनुसार सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाबाहेक अन्य विपद्‍मा बर्सेनि एक सय जनाभन्दा बढीको मृत्यु हुने गरेको छ। सडक दुर्घटनामा मात्रै बर्सेनि सरदर ११५ जनाको मृत्यु हुने गरेको छ भने दुर्घटनामा २१० जना घाइते हुने गरेका छन्।

विपद्‍बाट वार्षिक सरदर पाँच हजार १०० घरपरिवार प्रभावित हुने तथा १७ जना बेपत्ता हुने गरेको कार्ययोजनामा उल्लेख छ। प्रदेशमा बर्सेनि सरदर ७९ व्यक्ति विपद्‍बाट घाइते हुने गरेका छन्।

सुदूरपश्चिममा विपद्‍बाट बर्सेनि सरदर १४० घर पूर्णरूपमा र ७०० घर आंशिकरूपमा क्षति हुने गरेकाे तथ्यांक छ। प्रदेश सरकारले विपद्‍बाट हुने क्षतिलाई न्यूनीकरण गर्न प्राकृतिक विपद्‍को वस्तुगत मापन गरी सूचकहरूको पहिचानका आधार रेखा, अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन परिमाणात्मक गन्तव्यहरू निर्धारण गरेको छ।

सन् २०३० सम्ममा विपद्‍का घटनाबाट हुने मृत्युदरमा वार्षिक ५० प्रतिशत, सवारी दुर्घटना मृत्युदर ८० प्रतिशत, प्रभावित हुने घर परिवार दुई हजार पाँच सय, बेपत्ता हुने व्यक्तिहरू सात, विपदबाट घाइते हुने ४० प्रतिशत, सडक दुर्घटनाबाट घाइते हुने ५० प्रतिशतमा झार्ने लक्ष्य प्रदेश सरकारले लिएको छ।

प्रदेश, स्थानीय तह तथा समुदायस्तरमा खुला स्थानको पहिचान गरी पूर्वाधार विकास गरी संरक्षण गर्नुका साथै पहाडी जिल्लाका दुर्गम स्थानमा हेलिप्याडको व्यवस्था गर्ने, विपद्‍पछिकाे पुनर्लाभ, पुनर्स्थापना र पुनर्निर्माणका चरणमा थप जोखिमको अवस्था सिर्जना हुन नदिन र प्रभावकारी विपद् जोखिम न्यूनीकरण गर्न प्रयासरत रहने रणनीति तयार गरेको छ।

पहिरोको जोखिम र विपद्को तयारी

वर्षा लागेपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोको जोखिम बढेको छ। याे वर्ष पहिरोका कारण सुदूरपश्चिममा नाै जनाको मृत्यु भइसकेको छ भने लाखौंको क्षति भएको छ।

अहिलेसम्म बझाङमा पहिरोका कारण नाै जनाको मृत्यु भएको छ। केदारश्यु गाउँपालिका-८ मल्लेसीमा एक साताअघि खसेको पहिरोमा परेर सात जना र जयपृथ्वी नगरपालिका-७ सुवेडामा पहिरोकै कारण एक बालकको मृत्यु भएको थियो। त्यस्तै डोटीमा पहिरोमा च्यापिएर ६ महिने शिशुको मृत्यु भएको थियो।

विपद् व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकार तैनाथ रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताए। विपद् व्यवस्थापनका लागि भन्दै प्रदेश सरकारले सुदूरपश्चिमका नौ वटै जिल्लामा खोज तथा उद्धार सामग्री खरिदका लागि ८४ लाख रूपैयाँ विनियोजन गरेको थियो। सोही रकमबाट सुदूरपश्चिमका नौ वटै जिल्ला प्रशासन कार्यालयले सामग्री खरिद गरिसकेको उनले बताए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घट्नाबाट बर्सेनि जनधनकाे ठूलाे क्षति हुने गरेकाे छ। तर, विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारीमा सरकार प्रत्येक वर्ष चुक्दै आएकाे छ।

"> सुदूरपश्चिममा विपद् :  १० वर्षमा ९९८ जनाको मृत्यु, क्षति न्यूनीकरणमा चुक्दै सरकार: Dekhapadhi
सुदूरपश्चिममा विपद् :  १० वर्षमा ९९८ जनाको मृत्यु, क्षति न्यूनीकरणमा चुक्दै सरकार

प्रतिक्रिया दिनुहोस्