काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति÷संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रूपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ।

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ। गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो। जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ। उक्त जग्गामा दैनिकरूपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ।

आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ। कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ। व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ। तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरू गरेपनि प्रभावकारीरूपमा अगाडि बढाउन नसकिएको बताए। “दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन”, ढकालले भने। सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ।

२३१ रोपनी जग्गा नै गायब

कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ। कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो। कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए। कोषसँग अहिले देशभर १८ हजार ३४२ रोपनी पाँच आना जग्गा छ।  सिवी अधिकारी/रासस

" /> काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति÷संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रूपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ।

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ। गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो। जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ। उक्त जग्गामा दैनिकरूपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ।

आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ। कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ। व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ। तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरू गरेपनि प्रभावकारीरूपमा अगाडि बढाउन नसकिएको बताए। “दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन”, ढकालले भने। सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ।

२३१ रोपनी जग्गा नै गायब

कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ। कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो। कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए। कोषसँग अहिले देशभर १८ हजार ३४२ रोपनी पाँच आना जग्गा छ।  सिवी अधिकारी/रासस

"> सरकारी वेवास्ताले पशुपतिको जग्गामा व्यक्तिको रजाइँ    : Dekhapadhi
सरकारी वेवास्ताले पशुपतिको जग्गामा व्यक्तिको रजाइँ
काठमाडौं। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा काठमाडौंको गोठाटारमा रहेको ५३४ रोपनी जग्गा वर्षौंदेखि व्यक्ति÷संस्थाले अतिक्रमण गर्दासमेत सरकार बेखबर रहेको छ। कोषको जग्गामा विभिन्न व्यक्ति, संस्थाले अतिक्रमण गरी घर टहरा निर्माण गरेका छन्। २०४६ मा मन्त्रिपरिषद् बैठकको निर्णयबाट कोषलाई दिएको जग्गा तारवारसम्म नगर्दा अतिक्रमण हुँदै गएको छ भने वर्षेनी लाखौँ रूपैयाँ बराबरको बालुवा अवैध तरिकाले निकासी हुने गरेको छ।

कोषको उक्त जग्गामा एक सरकारी विद्यालय, ३० भन्दा बढी टहरा तथा केही घर अतिक्रमण गरी बनाइएको छ। गुठीका नाममा मन्दिर, धर्मशाला निर्माण गरिएको हो। जग्गाभित्र अहिले विभिन्न घुम्ती पसल, व्यक्तिगत मनोरञ्जनस्थल, सवारीसाधन सिक्ने ठाउँ आदिका नाममा कोषको जग्गा अतिक्रमण भइरहेको छ। उक्त जग्गामा दैनिकरूपमा २५ ट्रकभन्दा बढी बालुवा चोरी हुँदासमेत सम्बन्धित पक्ष बेखबर बनेको छ।

आफ्नो चलअचल सम्पत्तिको संरक्षण गर्नुपर्ने दायित्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय मातहतको पशुपति विकास कोषको हो तर, कोषको कार्यलयबाट तीन किलोमिटर दूरीमा रहेको कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने उक्त जग्गाबाट कोषले प्रशस्त आम्दानी लिनसक्ने भए पनि बेवारिसे आवस्थामा छाडिएको छ। कोषको जग्गामा तेजविनायक माध्यमिक विद्यालयले समेत धमाधम भवन निर्माण गरिरहेको छ। व्यक्ति विशेष घर टहरा, दाहालको कूलदेवता मन्दिर, जसले स्थानीयको मनपरि र दादागिरी चलेको पुष्टि गर्छ। तर, कोष भने रमिते मात्र बनेर बसेको पाइएको छ।

कोषका सदस्यसचिव डा. प्रदीप ढकालले अतिक्रमणमा परेको कोषको जग्गाको संरक्षण तथा व्यवस्थापनका लागि कोषले काम शुरू गरेपनि प्रभावकारीरूपमा अगाडि बढाउन नसकिएको बताए। “दैनिक बालुवा चोरी हुने खबर कोषलाई आइरहेको छ, तर सिमानाको यकिन नापचाँज भई तारबार लगाउन नसक्दा यसलाई नियन्त्रण गर्न सकिएको छैन”, ढकालले भने। सीमाङ्कनका लागि नापी कार्यालयलाई पत्राचार गरिएको भए पनि हाल काम अघि नबढेको बताइन्छ।

२३१ रोपनी जग्गा नै गायब

कोषका नाममा रहेको २३१ रोपनी जग्गा नै हराएको पाइएको छ। कोषको देशभर रहेको जग्गामध्ये त्यति जग्गा हराएको हो। कोषका कोषाध्यक्ष थापाले उक्त जग्गा खोला, बाटोमा परेको हुनसक्ने बताउँदै खोजी गर्ने काम भइरहेको बताए। कोषसँग अहिले देशभर १८ हजार ३४२ रोपनी पाँच आना जग्गा छ।  सिवी अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्