कास्की। कास्कीको विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रूपैयाँका दरले राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको हिजो बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रतिमृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।  

बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। 

नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ।   

त्यसैगरी, खोजी र उद्धार कार्य एवं सुरक्षितरूपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ। रासस

" /> कास्की। कास्कीको विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रूपैयाँका दरले राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको हिजो बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रतिमृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।  

बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए। 

नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ।   

त्यसैगरी, खोजी र उद्धार कार्य एवं सुरक्षितरूपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ। रासस

"> पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख दिइने, घाइतेको निःशुल्क उपचार गरिने  : Dekhapadhi
पहिरोमा ज्यान गुमाउनेका परिवारलाई एक लाख दिइने, घाइतेको निःशुल्क उपचार गरिने   <p style="text-align: justify;">कास्की। कास्कीको विभिन्न स्थानमा गएको पहिरोमा परी ज्यान गुमाउनेकाको परिवारलाई जनही एक लाख रूपैयाँका दरले राहत दिइने भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको हिजो बसेको बैठकले अविरल वर्षाका कारण कास्कीमा सात जनाको ज्यान गएकामा मृतकका परिवारलाई प्रतिमृतक एक लाखको दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो। &nbsp;</p> <p style="text-align: justify;">बैठकले मृतकका परिवारलार्ई प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार राहत उपलब्ध गराउने तथा घाइतेको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने एवं पीडित घर परिवारलाई सरकारी मापदण्डबमोजिम राहत उपलब्ध गराउने निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।&nbsp;</p> <p style="text-align: justify;">नदी किनार, भिरालो तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने&nbsp;व्यक्ति तथा बस्तीलाई जोखिमको स्तर हेरी सम्भावित धनजनको क्षतिलाई न्यूनीकरण गर्न स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा सुरक्षितरुपमा अस्थायी स्थानमा स्थानान्तरणको व्यवस्था मिलाउने भएको छ। &nbsp;&nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी, खोजी र उद्धार कार्य एवं सुरक्षितरूपमा स्थानान्तरण कार्यका लागि जिल्लास्थित सबै सुरक्षा निकायलाई आवश्यक खोज तथा उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन अनुरोध गर्ने बैठकले निर्णय गरेको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्