तनहुँ। विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।
तनहुँ जिल्ला अदालतको २०६९ असार ११ गतेको फैसलाअनुसार भुजेललाई दुई महीना १७ दिन र रिमाललाई दुई महीना २३ दिनको कैद फैसला भएको थियो। पक्राउ परेकालाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार उनीहरूलाई कैद भुक्तानीका लागि कारागार चलान गरिएको छ।
यसैगरी, ज्यान मार्ने उद्योगका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका–२ घर भई व्यास नगरपाालिका–१३ बेलबास बस्ने २४ वर्षीय कमलेश चन्द र सोही ठाउँका २६ वर्षीय मनोज परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
उनीहरूलाई व्यास नगरपालिका–३ स्थित सिर्जनाटोलबाट पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए। पक्राउ परेकाद्वयविरुद्ध हिजो जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ। रासस
" /> तनहुँ। विभिन्न अपराधमा सजाय भोगेर फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अवैध काठ ओसारपसारमा मुद्दा र ज्यान मार्ने उद्योगमा फरार रहेका चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।अवैध काठ ओसारपसार मुद्दामा फरार रहेका शुक्लागण्डकी नगरपालिका–२ का कृष्णबहादुर भुजेल र सोही ठाउँका कृष्णबहादुर रिमाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।

">