काठमाडौं। भारी वर्षासँगै आज देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका घटनामा २३ जनाले ज्यान गुमाएका छन्।
जाजरकोट, कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम र गुल्मीमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो।
“आज बिहानदेखि साँझसम्मको रेकर्डअनुसार ६ जिल्लामा पहिरो गएको छ भने दुई स्थानमा बाढीले क्षति पुर्याएको छ,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म पहिरोबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ भने २६ जना घाइते र ३६ जना बेपत्ता छन्।”
प्राधिकरणका अनुसार जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा परेर सातजनाको मृत्यु भएको छ। सोही घटनामा पाँचजना घाइते र पाँचजना बेपत्ता भएका छन्।
कास्कीको पोखरा महानगरपालिकाको सारङकाेट, हेम्जा र पैतेडाँडामा गएको पहिरोमा सातजनाले ज्यान गुमाएका छन्।
पोखराका विभिन्न स्थानमा गएका पहिरोमा १७ जना घाइते भएका छन्।
म्याग्दीको धौलागिरि गाउँपालिका र मालिका गाउँपालिकामा गएको पहिरोमा आज तीनजनाको मृत्यु भएको छ भने ३१ जना हराइरहेका छन्।
लमजुङको बेशीशहरमा गएको पहिरोमा आज तीनजनाको मृत्यु र तीनजना घाइते भएको प्राधिकरणले जनाएको छ।
यस्तै, रुकुम पश्चिमको आठबीसकोटको पहिरोमा परी दुईजनाको मृत्यु र एकजना घाइते भएका छन्।
गुल्मीको कालीगण्डकी गाउँपालिकामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ।
“सुरक्षा निकायको टोलीबाट पहिरो गएका स्थानहरूमा पुगेर घाइतेलाई स्थानीय स्वास्थ्य उपचार केन्द्रमा पुर्याउनुका साथै स्थानीयसहितको सहयोगमा पहिरोमा परी हराइरहेकाको खोजी कार्य भइरहेको छ,” प्राधिकरणले विज्ञप्तिमा भनेको छ।
" /> काठमाडौं। भारी वर्षासँगै आज देशका विभिन्न जिल्लामा आएको बाढी र पहिरोका घटनामा २३ जनाले ज्यान गुमाएका छन्।जाजरकोट, कास्की, म्याग्दी, लमजुङ, रुकुम पश्चिम र गुल्मीमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो।

">