प्रधानमन्त्री ओलीको समर्थनमा माइतीघरमा प्रदर्शन
<p style="text-align: justify;">काठमाडौ। प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ।</p>
<p style="text-align: justify;">पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरूले केही दिनयता प्रदर्शन गरिरहेका छन्। </p>
<p style="text-align: justify;">उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रदर्शन भइरहेको छ।</p>
<p style="text-align: justify;">प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरूले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन्। </p>