ब्रसेल्स। युरोपेली युनियनले मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ।

अमेरिकाले १७ वर्षपछि मृत्युदण्डसम्बन्धी विवादास्पद कानुन पुनः ब्यूँताएको छ।

संघीय मृत्युदण्डको अभ्यास पुनः सुरु गर्ने गरी संयुक्तराज्य अमेरिकाले एक वर्षअघि निर्णय गरेको थियो।

पछिल्लोपटक यस्तो सजाय सन् २००३ मा दिइएको थियो।

अमेरिकी अदालतहरुले गत जुन महिनामा घातक सुई दिएर मृत्युदण्ड दिन मञ्जुरी दिएका थिए। अधिकारीहरूले यही जुलाई र अगस्टमा पनि चारजनालाई मृत्युदण्ड दिँदैछन्।

युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले आगामी जुलाई १३ का लागि तय भएको मृत्युदण्डलाई स्थगित गर्न र यसअघिको संघीय नियममाथि पुनर्विचार गर्न अमेरिकी प्रशासन समक्ष अनुरोध गरेका छन्।

उनले युरोपेली युनियन मृत्युदण्डका सजायप्रति कुनै पनि शर्तमा सहमत हुन नसक्ने बताउँदै युनियनले विश्वबाटै यस्तो कानुनी प्रबन्ध पूर्णरूपमा समाप्त गर्नेतर्फ आफ्ना पहलहरूलाई निरन्तरता दिने बताए।

संयुक्तराज्य अमेरिकामा अधिकांश फौजदारी अभियोगहरू राज्यका अदालतहरूमा सुनुवाइ हुने गरेका छन्, तर केही मुद्दाजस्तै घृणा फैल्याउने वा गम्भीर प्रकृतिका वा सैनिक वा अमेरिकी मूलवासीको संरक्षणसँग सम्बन्धित अपराधमा संघीय अदालतमा सुनुवाइ हुने गर्दछ।

विगत ४५ वर्षमा संघीय तहबाट सन् २००१ मा टिमोथी म्याकभी समेत तीनजनालाई मात्र मृत्युदण्ड दिइएको छ।

उनीमाथि सन् १९९५ को ओक्लाहोमा बम हमलामा दोषी ठहर गरिएको थियो। यस बम आक्रमणमा १६५ जनाको मृत्यु भएको थियो।

मत सर्वेक्षणका अनुसार पछिल्ला वर्षहरूमा मृत्युदण्डको पक्षमा जनमत कमजोर हुँदै गएको छ र यो सन् १९९० को दशकमा ८० प्रतिशतको हाराहारीमा रहेकामा अहिले करिब ५० प्रतिशतमा झरेको छ।

केही राज्यहरू खासगरी अमेरिकाका दक्षिणी राज्यहरूमा मृत्युदण्ड दिने प्रचलन अद्यापी छ। अमेरिकामा गत वर्ष सन् २०१९ मा २२ जनालाई मृत्यु दिइएको थियो।

रासस-एएफपी

" /> ब्रसेल्स। युरोपेली युनियनले मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन ब्यूँताउने अमेरिकी प्रशासनको निर्णयप्रति असन्तोष जनाउँदै उक्त कानुन फिर्ता लिन आग्रह गरेको छ।

अमेरिकाले १७ वर्षपछि मृत्युदण्डसम्बन्धी विवादास्पद कानुन पुनः ब्यूँताएको छ।

संघीय मृत्युदण्डको अभ्यास पुनः सुरु गर्ने गरी संयुक्तराज्य अमेरिकाले एक वर्षअघि निर्णय गरेको थियो।

पछिल्लोपटक यस्तो सजाय सन् २००३ मा दिइएको थियो।

अमेरिकी अदालतहरुले गत जुन महिनामा घातक सुई दिएर मृत्युदण्ड दिन मञ्जुरी दिएका थिए। अधिकारीहरूले यही जुलाई र अगस्टमा पनि चारजनालाई मृत्युदण्ड दिँदैछन्।

युनियनका विदेश नीति प्रमुख जोसेफ बोरेलले आगामी जुलाई १३ का लागि तय भएको मृत्युदण्डलाई स्थगित गर्न र यसअघिको संघीय नियममाथि पुनर्विचार गर्न अमेरिकी प्रशासन समक्ष अनुरोध गरेका छन्।

उनले युरोपेली युनियन मृत्युदण्डका सजायप्रति कुनै पनि शर्तमा सहमत हुन नसक्ने बताउँदै युनियनले विश्वबाटै यस्तो कानुनी प्रबन्ध पूर्णरूपमा समाप्त गर्नेतर्फ आफ्ना पहलहरूलाई निरन्तरता दिने बताए।

संयुक्तराज्य अमेरिकामा अधिकांश फौजदारी अभियोगहरू राज्यका अदालतहरूमा सुनुवाइ हुने गरेका छन्, तर केही मुद्दाजस्तै घृणा फैल्याउने वा गम्भीर प्रकृतिका वा सैनिक वा अमेरिकी मूलवासीको संरक्षणसँग सम्बन्धित अपराधमा संघीय अदालतमा सुनुवाइ हुने गर्दछ।

विगत ४५ वर्षमा संघीय तहबाट सन् २००१ मा टिमोथी म्याकभी समेत तीनजनालाई मात्र मृत्युदण्ड दिइएको छ।

उनीमाथि सन् १९९५ को ओक्लाहोमा बम हमलामा दोषी ठहर गरिएको थियो। यस बम आक्रमणमा १६५ जनाको मृत्यु भएको थियो।

मत सर्वेक्षणका अनुसार पछिल्ला वर्षहरूमा मृत्युदण्डको पक्षमा जनमत कमजोर हुँदै गएको छ र यो सन् १९९० को दशकमा ८० प्रतिशतको हाराहारीमा रहेकामा अहिले करिब ५० प्रतिशतमा झरेको छ।

केही राज्यहरू खासगरी अमेरिकाका दक्षिणी राज्यहरूमा मृत्युदण्ड दिने प्रचलन अद्यापी छ। अमेरिकामा गत वर्ष सन् २०१९ मा २२ जनालाई मृत्यु दिइएको थियो।

रासस-एएफपी

"> मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह: Dekhapadhi
मृत्युदण्डसम्बन्धी अमेरिकी संघीय कानुन सच्याउन युरोपेली संघको आग्रह

प्रतिक्रिया दिनुहोस्