जाजरकोटको बारेकोटमा बाढीले बगाउँदा दुईजना बेपत्ता
काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका-६, धुमामा बाढीले बगाउँदा दुईजना बेपत्ता भएका छन्।

बाढीमा परेर थप एकजना घाइते भएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए।

बाढीले स्थानीयवासीको बालिनाली बगाएर नष्ट गरेको छ।

बारेकोटमा अहिले पनि भारी वर्षात् भइरहेको अध्यक्ष शाहले बताए।

यसअघि गयरातिको वर्षातपछि आएको पहिरोले बारेकोट-४, जिरीको सार्की टोलमा दुईवटा घर बगाउँदा १२ जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये पाँचजनाको शव भेटिएको प्रहरीले जनाएको छ।

बाँकीको खोजी कार्य जारी रहे पनि वर्षातका कारण समस्या भएको छ। पहिरोले बाटो र झोलुङ्गे पुल बगाएको छ।

गाउँपालिकाभित्र एक गाउँदेखि अर्को गाउँको सम्बन्ध टुटेको अध्यक्ष शाहले बताए।

प्रतिक्रिया दिनुहोस्