यी नदी तथा खोलाको वरपर हुन सक्छ बाढीको खतरा
काठमाडौं। देशका केही प्रदेशमा भारी वर्षा भएसँगै त्यहाँका नदी तथा खोलामा अचानक पानीको सतह बढ्दा वरपर रहेका वासिन्दालाई बाढीको खतरा हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, संखुवासभा, खोटाङ, ओखलढुंगालगायत सबै जिल्लामा बहने नदी तथा खोलामा आकस्मिक बाढीको उच्च सम्भावना छ। प्रदेश २ को सबै जिल्लामा पनि यो खतरा छ।

बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, धादिङ, नुवाकोट, काठमाडौं उपत्यकामा रहेका नदी तथा खोलाहरूमा पनि भारी वर्षाका कारण जुनसुकै बेला ठूलो बाढी आउन सक्ने प्राधिकरणले जनाएको छ।

गण्डकी प्रदेशको नवलपरासी, लमजुङ, तनहुँ, स्याङ्जा, पवर्वत, कास्की, म्याग्दी, बाग्लुङ र आसपासका जिल्लामामा रहेका  नदी तथा खोला वरपर पनि बाढीको खतरा छ।

प्रदेश ५ को तराईको जिल्लामा बहने स-साना खोला तथा नदीमा पनि आकस्मिक आउने बाढीको खतरा रहेको जनाइएको छ।

“आज कोशी र नारायणीमा बहाव उल्लेख्य बढ्ने र सतर्कता आसपास हुने तथा नारायणी र यसका केही सहायक नदीमा खतरा आसपाससम्म पुग्न सक्ने छ,” प्राधिकरणद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

कन्काई, कमला, बागमतीलगायतमा पनि बहाव बढ्ने र केही सहायक नदीमा पनि आकस्मिक बहाव बढ्न गई खतरा तह आसपास पुग्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्