डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरामा   <p>काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डा. गोविन्द केसी १७औं अनशनका लागि डडेल्धुरा पुगेका छन्।&nbsp;</p> <p><em>देखापढी</em>सँग कुरा गर्दै डा.केसीले राज्यद्वारा उपेक्षित सुदूरपश्चिमबाट सत्याग्रह शुरू गर्न थालेको बताए।</p> <p>उनले भने, &ldquo;सुधारको आवाज बुलन्द गर्न पिछडिएको क्षेत्र जस्तो उपयुक्त स्थान कहाँ हुन्छ र ?&rdquo;</p> <p>चिकित्सा शिक्षा सुधार हुनुपर्ने माग राख्दै डा.&nbsp;केसी यसअघि १६ पटकसम्म अनशन बसिसकेका छन्। गत १६ असोजमा डा.&nbsp;केसी त्रिवि शिक्षण अस्पतालबाट सेवानिवृत भएका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्