बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्ति पक्राउ

काठमाडाैं। बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज सूचना जारी गरी जनाएको छ।

काठमाडौ‌ं ताम्सिपाखाका सुनिता चित्रकारलाई बिहीबार र काठमाडौं कलङ्कीका मनोजलाल सिंह दुलाललाई आज पक्राउ गरिएको हो।

उच्च अदालत पाटनको गत फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र ६ लाख ५० हजार जरिवाना हुने ठहर भएको थियो।

सजाय बेरुजु रही फरार रहेकी चित्रकारलाई स्थानीय स्वयम्भूबाट पक्राउ गरिएको छ।

यस्तै उच्च अदालत पाटनको माघ १० गतेको फैसलाले सात दिन कैद र १० लाख जरिवाना ठहर भई फरार हुँदै आएका सुवाललाई स्थानीय रविभवनबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

उनीहरूलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाइएको छ।

अदालतले उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्यानमा पारी विभिन्न मितिमा बैंकको चेक काटी बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरेको थियो। रासस

प्रतिक्रिया दिनुहोस्