काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन्। बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीन जनामध्ये दुई जना खोलामा बगेर वेपत्ता भएका हुन्।
बेपत्ता भएकामा सोही ठाउँका २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। उनीहरूसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए।
इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी र स्थानीयवासीसहितको टोलीले बेपत्ताको खोजी तीव्र पारेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए।
माछा मार्ने क्रममा शुरुमा प्रवीण अचानक चिप्लेर खोलामा बगेका थिए। उनलाई बचाउन जाँदा सुधिर पनि बगेका हुन्। राति आएको पानीले खोलामा बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।
" /> काठमाडौं। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन्। बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे खोलामा आज बिहान माछा मार्न गएका तीन जनामध्ये दुई जना खोलामा बगेर वेपत्ता भएका हुन्।बेपत्ता भएकामा सोही ठाउँका २० वर्षीय सुधिर विक र १८ वर्षीय प्रवीण विक रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। उनीहरूसँगै गएका १६ वर्षीय सोहनकुमार सोनारले साथी खोलामा डुबेको खबर प्रहरीलाई गरेका थिए।

">