चौतारा। भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढीको जोखिम बढेको छ।
स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ। बाह्रबीसेको पुरानो बजारबासीले घरको सामान अन्यत्र सार्न थालेका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ। लामोसाँघु बजारको पश्चिम भेगका बासिन्दाले घर छाडेका छन्। सुनकोशीले तल्लो भागबाट कटान गर्न थालेका जनाइएको छ।
लार्चा खोलाको पश्चिमतर्फ बासोबास गर्दै आएका स्थानीय घरबाट निस्केर डाँडाडाँडामा पुगेका छन् । उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन्।
जताततै पहिरो नरोकिएकाले उनीहरू भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले बताए। लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खा बन्दगाहमा पुगेका छन्। उद्धारका लागि स्थानीय प्रहरी र नेपाली सेनालाई खबर गरेको प्रजिअ ढकालले जानकारी दिए।
लगातार पानी परेकाले इन्द्रावती र मेलम्ची नदीमा बाढी आएको छ। नदीमा पानीको बहाव वढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ।
पाँचपोखरी, मेलम्ची, हेलम्बुलगायत गाउँपालिकाले स्थानीयलाई सुरक्षित बस्न र सजग हुन आग्रह गरेका छन्। बाह्रबीसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएमा २० जनाको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रासस
" /> चौतारा। भोटेकोशीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढीको जोखिम बढेको छ।स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ। बाह्रबीसेको पुरानो बजारबासीले घरको सामान अन्यत्र सार्न थालेका छन्।

">