चौतारा। आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका-२ लार्चामा एकजना बेपत्ता र आठ घरमा क्षति पुगेको छ।
भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एकजना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
बाह्रबीसे-तातोपानी सडक खण्डको विभिन्न ठाउँमा  गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ।
विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले जानकारी दिए।
दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पुर्‍याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।
यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ। सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरूको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको छ। रासस
" /> चौतारा। आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका-२ लार्चामा एकजना बेपत्ता र आठ घरमा क्षति पुगेको छ।
भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एकजना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
बाह्रबीसे-तातोपानी सडक खण्डको विभिन्न ठाउँमा  गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ।
विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले जानकारी दिए।
दश किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पुर्‍याएकोले भोटेकोशी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।
यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ। सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरूको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको छ। रासस
"> सिन्धुपाल्चोकको लार्चामा बाढी र पहिरोले एकजना बेपत्ता, आठ घरमा क्षति: Dekhapadhi
सिन्धुपाल्चोकको लार्चामा बाढी र पहिरोले एकजना बेपत्ता, आठ घरमा क्षति
चौतारा। आज बिहान आएको बाढी र पहिरोले भोटेकोशी गाउँपालिका-२ लार्चामा एकजना बेपत्ता र आठ घरमा क्षति पुगेको छ।
भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एकजना बेपत्ता भएको, तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिए।
बाह्रबीसे-तातोपानी सडक खण्डको विभिन्न ठाउँमा  गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न समेत भएको छ।
विद्युत् पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले जानकारी दिए।
यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ। सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरूको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको छ। रासस
प्रतिक्रिया दिनुहोस्