नेपाल एअरलाइन्सको ग्वोञ्जाओ उडान अझै अनिश्चित

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वोञ्जाओ उडानको अझै अनुमति पाइसकेको छैन ।

अहिलेसम्म निगमको सेफ्टी अडिट नै पुरा भएको छैन ।

सेफ्टी अडिट आगामी पुससम्म आउने नेपाल वायुसेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले देखापढीलाई जानकारी दिए ।

त्यसपछि निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ । अनुमति पाइसकेपछि व्यावसायिक उडान शुरू गर्न करीब दुई महीना लाग्ने चन्दको भनाइ छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एअरलाइन्सले भने चीनको राजधानी बेइजिङमा सिधा उडान शुरू गरिसकेको छ ।

हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।