म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङ र मालिका गाउँपालिका-७ बिमको विभिन्न ठाउँमा आज बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्।
धवलागिरी-६ का २१ र मालिका-७ बिमका आठजना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले बताए।
उनका अनुसार रिखका भीमप्रसाद जुग्जालीको घरका चार र धनबहादुर जुग्जालीको घरका तीनजना पहिरोमा परी बेपत्ता भएका हुन्। सोही वडाको कल्लेनीको धारखोलामा आएको बाढीले तीन वटा घर बगाउँदा तीनजना बेपत्ता भएका छन्।
ताजिमा केसी, उनका छोरा प्रकाश र सविन पुन बेपत्ता भएका हुन्। परदेवी पुन र वीरबहादुर पुनको घर पनि बाढीले बगाएको छ। परदेवीलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
यसैगरी मालिका गाउँपालिका-७ बिमको दुलेमा पहिरोले पुरिँदा विष्णु शर्मा र इच्छा शर्मा बेपत्ता भएका छन्। वडाध्यक्ष रेशम जुग्जालीका अनुसार नौरुकी एलीसा शर्मा पनि पहिरोमा बेपत्ता भएकी छिन्।
नौमानेको शिव आधारभूत विद्यालयको भवनमा क्षति पुगेको छ। बिम तल्लो गाउँका पूर्ण नेपाली र वीरबहादुर नेपालीको घर पुरिँदा पाँचजना बेपत्ता भएका छन्। भारवाङस्थित शिवरात्री खोलामा रहेको ट्रस पुल बाढीले बगाएको स्थानीय थमन जुग्जालीले बताए। मालिका-५ देविस्थानमा खिमबहादुर पुन, कलिमा बुढालगायत चार वटा गोठ पुरिएको र छ घर तथा झोलुङ्गे पुल जोखिममा परेको छ।
धवलागिरी गाउँपालिका-७ ताकमको रत्नेगैरामा रहेको ताकम माविको पुस्तकालय भवन बाढीले बगाएको स्थानीय गणेश सुवेदीले जानकारी दिनुभयो। ताकम स्वास्थ्य चौकीको पुरानो भवन भत्किएको छ। पाखोको भल पसेर किमचौर फाँटमा भर्खरै रोपिएको धान नष्ट भएको छ । हिलापोखरीमा रेशम फगामीको घर भत्किएको छ। मानवीय क्षति भने भएको छैन। ताकमकै देउबुजामा छ घर पहिराको जोखिममा परेका स्थानीय गोपाल आचार्यले जानकारी दिए।
यसैबीच रघुगङ्गा नदीमा आएको बाढीले राहुघाटको बेलिब्रिज बगाएपछि म्याग्दीको रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जोड्ने बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ। नदीको कटानका कारण बेलिब्रिजको राहुघाटतर्फको जीप भत्काएर बगाएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
रघुगङ्गा-३ मा पर्ने राहुघाटका ३० घर विस्थापित भएका छन् । सो बस्ती कटानको उच्च जोखिममा परेको छ । स्थानीय बासिन्दालाई गलेश्वर र गायत्री मन्दिरमा राखिएको उनले जानकारी दिए।
पहिरो प्रभावित ठाउँमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि हेलिकप्टर पठाउने तयारी भएको छ।
गएरातिदेखिको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा पहिरो जाँदा रघुगङ्गा, म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।
म्याग्दी नदीले बगाएर ल्याएको दाउरा छोप्ने क्रममा खोलामा पसेका बेनी नगरपालिका-४ सिञ्गा तातोपानीका दुईजनालाई उद्धार गरिएको छ। रासस
" /> म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङ र मालिका गाउँपालिका-७ बिमको विभिन्न ठाउँमा आज बिहानको पहिरोमा परी २९ जना बेपत्ता भएका छन्।धवलागिरी-६ का २१ र मालिका-७ बिमका आठजना बेपत्ता भएका हुन्। मराङको रिखामा सात, नामरुकमा १०, ठूलोगाउँमा एक र कुम्रीमा एक जना बेपत्ता भएका वडाध्यक्ष राजाराम सुवेदीले बताए।

">