काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका-४, जिरीमा गएको पहिरोमा पाहुना लाग्न पुगेका समेत परेका छन्।
पहिरोले बारेकोट-४, जिरीको सार्कीकोटका दुई घर पूर्ण रूपमा बगाएको छ भने तीनवटा घर आधा पुरेको बारेकोटबाट पत्रकार तीर्थ बोहराले बताएका छन्। उनले गाउँमा नेटवर्कको समस्या भएका कारण आफू जुम्लाको सिमाना नजिक पुगेर फोन गरेको बताएका जाजरकोटका पत्रकार दीपबहादुर घर्तीले बताए। बोहराको फोनपछि आफूले घटनाबारे प्रहरीलाई जानकारी गराएको पत्रकार घर्तीले बताए।
जाजरकोटका डीएसपी किशोरकुमार श्रेष्ठले घटनाको पुष्टि गर्दै प्रहरीका चारवटा एकाइबाट टोली परिचालन भएको बताए। उनका अनुसार क्षतिको यकिन विवरण आएको छैन। फोनको नेटवर्कमा समस्या हुँदा घटनास्थल पुगेको टोलीसँग सम्पर्क हुन नसकेको डीएसपी श्रेष्ठले बताए।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले पाहुना लाग्न पुगेकाहरू पनि पहिरोमा परेर बेपत्ता भएको खबर आएको बताएका छन्।
उनले जिल्लाका पत्रकारलाई उपलब्ध गराएको विवरण अनुसार बारेकोट-४ का ५२ वर्षीय गोपाल सार्की, उनकी श्रीमती ५० वर्षीय पुष्पा सार्की, १३ वर्षकी छोरी लक्ष्मी सार्की र ११ वर्षीय छोरा अर्जुन सार्की पहिरोमा बेपत्ता भएका छन्।
यस्तै, सोही ठाउँका कलु सार्की, उनकी १४ वर्षकी छोरी तीर्खा सार्की, ११ वर्षकी छोरी कमला सार्की र ६ वर्षका छोरा सुभाष सार्की बेपत्ता भएका छन्। कुशे गाउँपालिका-९ का २० वर्षीय डिल्ली सार्की पनि पहिरोमा परी बेपत्ता भएका छन्। उनी पाहुना लाग्न पुगेका थिए। उनकी कसको घरमा पाहुना लाग्न गएको भन्ने खुलिसकेको छैन।

तस्वीर साैजन्य : पत्रकार नवराज शाही
यस्तै, पहिरोमा १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षका वीरेन्द्र सार्की बेपत्ता भएका छन्। बेपत्तामध्ये एकजनाको शव भेटिए पनि सनाखत हुन नसकेको सिंहले बताएका छन्।
पहिरो प्रभावित क्षेत्र जिल्ला सदरमुकाम खलंगाबाट डेढ दिनको पैदल दूरीमा पर्छ। त्यहाँ यातायातको सुविधा पुगेको छैन। गाउँपालिका केन्द्र लिम्सासम्म जीप सञ्चालन गर्न मिल्नेगरी बाटोको ट्रयाक निर्माण गरिए पनि वर्षाका कारण यातायात सञ्चालनको सम्भावना नरहेको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताएका छन्।
" /> काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका-४, जिरीमा गएको पहिरोमा पाहुना लाग्न पुगेका समेत परेका छन्।पहिरोले बारेकोट-४, जिरीको सार्कीकोटका दुई घर पूर्ण रूपमा बगाएको छ भने तीनवटा घर आधा पुरेको बारेकोटबाट पत्रकार तीर्थ बोहराले बताएका छन्। उनले गाउँमा नेटवर्कको समस्या भएका कारण आफू जुम्लाको सिमाना नजिक पुगेर फोन गरेको बताएका जाजरकोटका पत्रकार दीपबहादुर घर्तीले बताए। बोहराको फोनपछि आफूले घटनाबारे प्रहरीलाई जानकारी गराएको पत्रकार घर्तीले बताए।

">