काठमाडौं। लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटको बारेकोट गाउँपालिकामा ठूलो क्षति गरेको छ।
बारेकोट गाउँपालिका-४ जिरीको सार्कीटोलमा दुई घर बगाएको र १२ जना बेपत्ता भएको प्रारम्भिक खबर आएको प्रहरीले जनाएको छ।
जाजरकोटका प्रहरी प्रमुख, डीएसपी किशोरकुमार श्रेष्ठका आनुसार अहिले इलाका प्रहरी कार्यालय रामीडाँडा र सक्ला तथा अन्य प्रहरी चौकीबाट टोली घटास्थल पुगेको छ। तर, फोनको नेटवर्क समस्याका कारण थप सम्पर्क हुन सकेको छैन।
बारेकोट-४ का वडासचिव डम्बर पुनले बेपत्तामध्ये एकजनाको शव भेटिएको र अझै ११ जना बेपत्ता भएको बताएका छन्। गाउँपालिका अध्यक्ष महेन्द्र शाहले ठूलो मानवीय क्षतिको जानकारी आएको बताउँदै सुरक्षाकर्मीसहित घटनास्थलतर्फ लागेको जनाएका छन्।
पहिरोले गाउँपालिका विभिन्न क्षेत्रमा भौतिक क्षति गरेको र बारेकोट जोड्ने बाटो अबरुद्ध गरेको अध्यक्ष शाहले बताए। घटनास्थल जिल्ला सदरमुकाम खलंगाबाट डेढ दिनको पैदल दूरीमा पर्छ। उक्त क्षेत्रमा अहिलेसम्म यातायातको सुविधा पुगेको छैन।
" /> काठमाडौं। लगातारको वर्षापछि आएको पहिरोले जाजरकोटको बारेकोट गाउँपालिकामा ठूलो क्षति गरेको छ।बारेकोट गाउँपालिका-४ जिरीको सार्कीटोलमा दुई घर बगाएको र १२ जना बेपत्ता भएको प्रारम्भिक खबर आएको प्रहरीले जनाएको छ।

">