काठमाडाैं। चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजनविपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो।
महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक वामदेव गौतमले रातो नम्बर प्लेटको सवारीसाधनले प्रयोजनविपरीत यात्रुसँग भाडा लिएर यात्रु ओसारपसार गरेकाले कारबाही गरिएको जानकारी दिए।
“बन्दाबन्दीको समयमा सार्वजनिक सवारीसाधन नचलेको मौका छोपेर प्रयोजनविपरीत निजी सवारीसाधन चलाएकाले पक्राउ गरेका हौँ,” उनले भने। यातायात व्यवस्था ऐन, २०४९ अनुसार निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था उल्लेख छ। रासस
" /> काठमाडाैं। चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौं उपत्यकामा प्रयोजनविपरीत चर्को भाडा लिएर यात्रु बोक्ने सवारीसाधन नियन्त्रणमा लिएको हो।

">