काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न ठाउँहरूमा गएराति पहिरोमा पुरिएर सातजनाको मृत्यु भएको छ। ९ जना बेपत्ता भएका छन्। पहिरोका घटनामा १५ जना घाइते छन्।
लम्जुङ र पोखरामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। त्यस्तै म्याग्दीमा पहिरोले ६ घर पुरिएको छ। त्यहाँ ९ जना बेपत्ता छन्।
लम्जुङको बेसिशहर नगरपालिका- ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। घर पुरिने क्रममा भागदौडमा उक्त घरमा बस्ने चारजना कामदार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार राति ११ बजे आएको पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी २६ वर्षीया श्रीमती पीमाया तामाङ र ९ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको हो।
घरका अन्य तीनजना सदस्य मृतक दीपकका आमाबुवा र उनकी छोरी भने आफन्तकोमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घरमा बस्ने चारजना कामदार घर पुरिने क्रममा भाग्न खोज्दा घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै लम्जुङकै क्व्होलासोथार गाउँपालिका– ३ मा स्थानीय तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा उनकी बुहारी र एक जना बच्चा घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ।
त्यस्तै पोखराका विभिन्न स्थानमा पहिरोबाट चारजनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
राति करीब पौने तीन बजे पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।
सो घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।
थापाको घरमा हिजो परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनको भनाइ छ।
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको छ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।
उता म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा पहिरोले पुरिएर ९ जना बेपत्ता भएका छन्।
मराङको छुट्टाछुट्टै स्थानका ६ वटा घर पहिरोले पुरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले देखापढीलाई बताइन्।
बेपत्ता ९ जना तीन वटा परिवारका रहेका गाउँपालिकाले जनाएको छ। त्यस्तै वरपरबाट पहिरो गएकोले रिखा, घण्टीवाङ, कुम्री, कल्याणी क्षेत्रका करीब डेढ सय घर पनि उच्च जोखिममा रहेको पुनले जानकारी दिइन्।
" /> काठमाडौं। अविरल वर्षासँगै देशका विभिन्न ठाउँहरूमा गएराति पहिरोमा पुरिएर सातजनाको मृत्यु भएको छ। ९ जना बेपत्ता भएका छन्। पहिरोका घटनामा १५ जना घाइते छन्।लम्जुङ र पोखरामा पहिरोले घर पुरिँदा सातजनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। त्यस्तै म्याग्दीमा पहिरोले ६ घर पुरिएको छ। त्यहाँ ९ जना बेपत्ता छन्।

">