काठमाडौं। लम्जुङको बेसिशहर नगरपालिका- ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
पहिरोले घर पुरिँदै गर्दा भाग्‍ने क्रममा चारजना कामदार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार राति ११ बजे आएको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको हो।
उनीहरूको उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको थापाले देखापढीलाई बताए।
“पहिरोले घर पुरिँदा उनीहरूको तत्काल उद्दार गरेर अस्पताल लग्दै थियौं,” उनले भने, “सोही क्रममा बाटोमा नै मृत्यु भयो।”
मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ, उनकी २६ वर्षीया श्रीमती पीमाया तामाङ र ९ वर्षीय छोरा सेवाङ रहेका छन्।
घरका अन्य तीनजना सदस्य मृतक दीपकका आमाबुवा र उनकी छोरी भने आफन्तकोमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घरमा बस्ने चारजना कामदार घर पुरिने क्रममा भाग्न खोज्दा घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको छ।
लम्जुङकै क्व्होलासोथार गाउँपालिका- ३ मा स्थानीय तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा उनकी बुहारी र एकजना बच्चा घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ।
" /> काठमाडौं। लम्जुङको बेसिशहर नगरपालिका- ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
पहिरोले घर पुरिँदै गर्दा भाग्‍ने क्रममा चारजना कामदार घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार राति ११ बजे आएको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको हो।
उनीहरूको उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको थापाले देखापढीलाई बताए।
“पहिरोले घर पुरिँदा उनीहरूको तत्काल उद्दार गरेर अस्पताल लग्दै थियौं,” उनले भने, “सोही क्रममा बाटोमा नै मृत्यु भयो।”
मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ, उनकी २६ वर्षीया श्रीमती पीमाया तामाङ र ९ वर्षीय छोरा सेवाङ रहेका छन्।
घरका अन्य तीनजना सदस्य मृतक दीपकका आमाबुवा र उनकी छोरी भने आफन्तकोमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घरमा बस्ने चारजना कामदार घर पुरिने क्रममा भाग्न खोज्दा घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको छ।
लम्जुङकै क्व्होलासोथार गाउँपालिका- ३ मा स्थानीय तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा उनकी बुहारी र एकजना बच्चा घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ।
"> लम्जुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु, चारजना घाइते: Dekhapadhi
लम्जुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु, चारजना घाइते
काठमाडौं। लम्जुङको बेसिशहर नगरपालिका- ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय लम्जुङका प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार राति ११ बजे आएको पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु भएको हो।
उनीहरूको उद्धार गरेर अस्पताल लैजाने क्रममा मृत्यु भएको थापाले देखापढीलाई बताए।
“पहिरोले घर पुरिँदा उनीहरूको तत्काल उद्दार गरेर अस्पताल लग्दै थियौं,” उनले भने, “सोही क्रममा बाटोमा नै मृत्यु भयो।”
मृत्यु हुनेमा ३२ वर्षीय दीपक तामाङ, उनकी २६ वर्षीया श्रीमती पीमाया तामाङ र ९ वर्षीय छोरा सेवाङ रहेका छन्।
घरका अन्य तीनजना सदस्य मृतक दीपकका आमाबुवा र उनकी छोरी भने आफन्तकोमा गएकाले सकुशल रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त घरमा बस्ने चारजना कामदार घर पुरिने क्रममा भाग्न खोज्दा घाइते भएका छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र अस्पतालमा उपचार भइरहेको छ।
लम्जुङकै क्व्होलासोथार गाउँपालिका- ३ मा स्थानीय तुलबहादुर गुरुङको घर पहिरोमा पुरिँदा उनकी बुहारी र एकजना बच्चा घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्