कास्की। गएराति पोखराका विभिन्न स्थानमा पहिरोबाट चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
राति करीब पौने तीन बजे पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।
सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए।
थापाको घरमा हिजो परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनको भनाइ छ।
त्यसैगरी पोखरा महानगरपालिका-२५ हेम्जामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरा-१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन्।
उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको छ। अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई रातिनै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ। रासस
" /> कास्की। गएराति पोखराका विभिन्न स्थानमा पहिरोबाट चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।राति करीब पौने तीन बजे पोखरा महानगरपालिका-१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।

">