काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा पहिरोले पुरिएर ९ जना बेपत्ता भएका छन्।
मराङको छुट्टाछुट्टै स्थानका ६ वटा घर पहिरोले पुरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले देखापढीलाई बताइन्।
"पानी परिरहेको छ। कतै फोन लाग्दैन घटनाको अझै एकिन विवरण आइसकेको छैन। हामी घटनास्थल तर्फ टोली खटाउने तयारीमा छौं", अध्यक्ष पुनले जानकारी दिइन्।
बेपत्ता ९ जना तीन वटा परिवारका रहेका गाउँपालिकाले जनाएको छ।
पहिरोबारे राति २ बजेतिर आफूलाई टेलिफोनमा जानकारी प्राप्त भएको उनले बताएकी छिन्।
त्यस्तै वरपरबाट पहिरो गएकोले रिखा, घण्टीवाङ, कुम्री, कल्याणी क्षेत्रका करीब डेढ सय घर पनि उच्च जोखिममा रहेको बताइएको छ।
" /> काठमाडौं। म्याग्दीको धवलागिरी गाउँपालिका-६ मराङमा पहिरोले पुरिएर ९ जना बेपत्ता भएका छन्।मराङको छुट्टाछुट्टै स्थानका ६ वटा घर पहिरोले पुरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले देखापढीलाई बताइन्।

">