काठमाडौं। भारी वर्षासँगै ठूला नदी र खोलाहरूमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमप्रति सचेत गराउँदै सावधानी अपनाउन अनुरोध गरिएको छ।
नेपाल बाढी सूचनाका अनुसार नवलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपासमा पछिल्लो २४ घण्टामा धेरै पानी परेका कारण नारायणीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।
चितवनको माडी क्षेत्रको बनकट्टा, कल्याणपुर र आसपासमा वर्षातका कारण रिउखोलामा जलसतह सतर्कता आसपास पुग्न सक्ने भएकोले माडी नगरपालिका रिउखोलाको नदी तटीय क्षेत्रमा बिहान ९ बजेसम्म सावधान रहन अनुरोध गरिएको छ।
बर्दियाको गुलरिया, बाँकेको कोहलपुर, नेपालगञ्ज, ढेकेरी, दाङको दक्षिणी भाग, नवलपरासीको परासी, बर्दघाट, डण्डा बजार क्षेत्रमा होचो स्थानमा डुबान हुने र साना नदीका आसपासका क्षेत्रमा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले सचेत गराएको छ।
त्यस्तै कञ्चनपुरको शान्तीपुर बेलौरी र आसपास भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले स्यउली,चौधर लगायत कञ्चनपुर भई बहने साना नदीमा बाढीको खतरा रहेकोले सात बजेसम्म सतर्क रहन भनिएको छ।
" /> काठमाडौं। भारी वर्षासँगै ठूला नदी र खोलाहरूमा पानीको बहाव बढेसँगै सम्भावित जोखिमप्रति सचेत गराउँदै सावधानी अपनाउन अनुरोध गरिएको छ।नेपाल बाढी सूचनाका अनुसार नवलपरासी, चितवन, तनहुँ, कास्की, गोरखा, लमजुङ, स्याङजा, पर्वत, गुल्मी र आसपासमा पछिल्लो २४ घण्टामा धेरै पानी परेका कारण नारायणीमा जलसतह बढेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।

">