काठमाडौं। लमजुङको एक विद्यालयमा आगजनी भएको छ।
बेसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको हेभेनहिल एकेडेमीमा आगजनी भएको हो। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको स्कूलको ढोका फोडेर भित्र आगो लगाएको पाइएको छ।
आगजनीबाट २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रिन्सिपल समशेर थापाले जानकारी दिए।
लामो समयदेखि बन्द विद्यालयमा कसले कहिले आगो लगायो भन्ने थाहा हुन सकेको छैन। आगजनीबाट कम्प्यूटर, प्रिन्टर, फर्निचर तथा पुस्तकहरू नष्ट भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।