कैलाली। हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका युवक प्रहरीको थुनुवा कक्षबाट हत्कडीसहित फरार भएका छन्। हिजो बिहान घरबाटै पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित भागेको प्रहरीले जानकारी दिएको छ।
ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको कैलालीका प्रमुख, प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताए। उनले फरार युवकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टको नेतृत्वको टोली परिचालन गरिएको बताए। फरार ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको हत्या आरोपमा पक्राउ परेका थिए।
उनले २३ असार दिउँसो हजुरआमालाई फलामको रड र धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
" /> कैलाली। हजुरआमाको हत्या गरेको आरोपमा पक्राउ परेका युवक प्रहरीको थुनुवा कक्षबाट हत्कडीसहित फरार भएका छन्। हिजो बिहान घरबाटै पक्राउ परेका चुरे गाउँपालिका–६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर गएराति हत्कडीसहित भागेको प्रहरीले जानकारी दिएको छ।ईलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको कैलालीका प्रमुख, प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले बताए। उनले फरार युवकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक विष्टको नेतृत्वको टोली परिचालन गरिएको बताए। फरार ऐर ७५ वर्षीया हजुरआमा पार्वतीदेवी ऐरको हत्या आरोपमा पक्राउ परेका थिए।
उनले २३ असार दिउँसो हजुरआमालाई फलामको रड र धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
">