सिन्धुपाल्चोक बाढी अपडेट : २ जनाको मृत्यु, ५ घाइते, १८ बेपत्ता (भिडिओसहित)

काठमाडौं। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका र भोटेकोशी क्षेत्रमा बाढीका कारण दुई जनाको मृत्यु भएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार बाढीमा परी पाँच जना घाइते भएका छन् भने १८ जना बेपत्ता छन्।

प्रजिअ ढकालले जम्बु र लामबुट्टे क्षेत्रमा गरेर १३ वटा घर बाढीले बगाएको बताए।

सिफारिस

सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली सेनाको ४० सदस्यीय टोली परिचालन

जम्बुमा दुई जनाको मृत्यु भएको छ। त्यहाँ १४ जना बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी छ। प्रजिअ ढकालका अनुसार त्यहाँ तीन जना घाइते भएका छन्।

त्यस्तै भोटेकोशीको लामबुट्टे क्षेत्रमा चार जना बेपत्ता छन् भने दुई बालबालिका घाइते भएका छन्।

घटनास्थलमा बेपत्ताको खोजी कार्य जारी रहेको उनले बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी बेपत्ताको खोजीमा परिचालित भएका छन्।