काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा आज बिहान आएको बाढीमा परी घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं पुर्याइँदैछ। उनलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्याउन लागिएको घटनास्थलमा पुगेका नेकपा सिन्धुपाल्चोकका नेता माधव सापकोटाले बताए। उनका अनुसार बाढीमा परेकामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ।
नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल, नेकपा जिल्ला नेता माधव सापकोटा र हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु सापकोटा कैलाश एअरको हेलिकप्टरमा बाढी प्रभावित क्षेत्र जम्बु पुगेका हुन्। साेही हेलिकप्टरमा घाइतेलाई उपचारका लागि काठमाडौं पुर्याउन लागिएको हो।
स्थानीयवासीले करीब १८ जना बेपत्ता भएको बताएपनि कति बेपत्ता भएका हुन् भन्ने यकिन भएको छैन। बाह्रबिसे नगरपालिकाकी उपमयेर सुशिला पाख्रिनले बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धारका गर्न सक्ने अवस्था नै नरहेको बताइन्।

“कति बेपत्ता भए भन्ने अहिलेसम्म यकिन भएन, स्थानीयवासीसहित काम गर्नका लागि बाहिरबाट आएका मानिस पनि बाढीमा परेको सूचना आएको छ”, उपमेयर पाख्रिनले भनिन्, “बेपत्ता भएकालाई खोज्न सक्ने अवस्था छैन।”
सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल पनि बाढी प्रभावित क्षेत्र हेलिकप्टरमार्फत् जाने तयारीमा छन्। खराब मौसमका कारण उनीहरू चढेको हेलिकप्टर धुलिखेलबाट काठमाडौं फर्किएको छ। उनीहरूले अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छन्।
धुलिखेलउताको मौसम अन्त्यन्त प्रतिकुल भएका कारण हेलिकप्टर सिन्धुपाल्चोक जान सकेको छैन। बाढीका कारण अनरनिको राजमार्गको करीब २० किलोमिटर भाग क्षतिग्रस्त भएको छ। बाढीले सडक भत्काएका कारण स्थलमार्गबाट घटनास्थमा पुग्न सक्ने अवस्था छैन। घाइतेहरूलाई उपचारका लागि अस्पताल ल्याउन पनि हवाई मार्ग नै प्रयोग गर्नुपर्ने अवस्था छ।
" /> काठमाडौं। सिन्धुपाल्चोकको बाह्रबिसे–५ मा आज बिहान आएको बाढीमा परी घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं पुर्याइँदैछ। उनलाई हेलिकप्टरमार्फत् काठमाडौं पुर्याउन लागिएको घटनास्थलमा पुगेका नेकपा सिन्धुपाल्चोकका नेता माधव सापकोटाले बताए। उनका अनुसार बाढीमा परेकामध्ये अहिलेसम्म दुई जनाको शव भेटिएको छ।नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल, नेकपा जिल्ला नेता माधव सापकोटा र हिमालय सीमापार व्यापार संघका अध्यक्ष विष्णु सापकोटा कैलाश एअरको हेलिकप्टरमा बाढी प्रभावित क्षेत्र जम्बु पुगेका हुन्। साेही हेलिकप्टरमा घाइतेलाई उपचारका लागि काठमाडौं पुर्याउन लागिएको हो।

">