लमजुङ। हिजोबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मरस्याङ्दी गाउँपालिकास्थित् खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो। 

६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पुवाखोलाको दुवै तर्फको ढलान करीब एक–एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए।      

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनको भनाइ छ। उनका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ। यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना–साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।  रासस      

" /> लमजुङ। हिजोबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ–मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका–७ र मरस्याङ्दी गाउँपालिकास्थित् खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो। 

६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पुवाखोलाको दुवै तर्फको ढलान करीब एक–एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए।      

पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनको भनाइ छ। उनका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ। यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना–साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ।  रासस      

"> बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध    : Dekhapadhi
बेँसीशहर–चामे सडक पहिरोले अवरुद्ध     <p style="text-align: justify;">लमजुङ। हिजोबाट परेको अविरल वर्षाले पहिरो जाँदा बेँसीशहर&ndash;चामे सडक अवरुद्ध भएको छ। लमजुङ&ndash;मनाङ जोड्ने बेँसीशहर&ndash;चामे सडकखण्डअन्तर्गत बेँसीशहर नगरपालिका&ndash;७ र मरस्याङ्दी गाउँपालिकास्थित् खरखरे भिरमा आज बिहानैबाट सडक अवरुद्ध भएको हो।&nbsp;</p> <p style="text-align: justify;">६५ किलोमिटर रहेको यस सडकखण्डअन्तर्गत बेँसीशहरको पुवाखोलामा गरिएको ढलान भत्किएको छ भने खरखरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। पुवाखोलाको दुवै तर्फको ढलान करीब एक&ndash;एक मिटर भत्किएको र सडकमाथि खरखरे भिरबाट पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय दमौली तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">पहिरो हटाउन र भत्किएको ढलान मर्मत गर्न समय लाग्ने र कति बेलासम्म सडक सञ्चालन हुने भन्ने निश्चित नरहेको उनको भनाइ छ। उनका अनुसार यतिबेला खरखरे पहिरो पन्छाउनका लागि एक्साभेटर लैजाने तयारी भइरहेको छ। यी ठाउँबाहेक यस सडकको विभिन्न स्थानमा समेत साना&ndash;साना पहिरो गएको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ। <strong>&nbsp;<em>रासस &nbsp;&nbsp;</em></strong>&nbsp; &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्