दमौली। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
विकलाई बुधबार म्याग्दे गाउँपालिका-३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
कर्तव्य ज्यान मुद्दामा निज विकलाई जिल्ला अदालत तनहुँले १३ कात्तिक २०६७ मा छ वर्ष कैद र ४५ हजार जरिवानाको फैसला सुनाएको थियो।
विकलाई जिल्ला अदालत पेश गरिएकामा बाँकी रहेको छ वर्ष कैद तथा तोकिएको जरिवाना भुक्तानीका लागि कारागार चलान गरिएको छ। रासस
" /> दमौली। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका-५ खैरेनीटारका ३७ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।विकलाई बुधबार म्याग्दे गाउँपालिका-३ स्थित धयरेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

">