काठमााडौं। मध्यान्ह १२ बजेको चर्को घाम। तर, कामदारहरू भने डटेर खटिइरहेका थिए, रानीपोखरी पुनर्निर्माणमा। लकडाउनकाबीच करीब ३६ भन्दा बढी कामदार र कालिगढहरू रानीपोखरीको पुनर्निर्माणमा अहिले पनि जुटिरहेछन्। त्यसो त पुनर्निमार्णको काम गत वैशाख १२ मै सक्नुपर्ने थियो। तर, लकडाउनका कारण पुनर्निर्माणको काम प्रभावित बन्यो। २०७५ सालको फागुन २० गतेबाट रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समितिमार्फत् शुरू भएको थियो।

६० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको पोखरी निर्माण भने एकसाता अघि सम्पन्न भइसकेको छ। पोखरीमा पानी जम्मा गर्नका लागि इँटा बिछ्याउने काम सम्पन्न भएको छ। रानीपोखरी वरिपरि घुम्न मिल्ने गरी बनाइएको बाटोको काम पनि लगभग सम्पन्न भइसकेको छ। यसमा इट्टा बिछ्याउने, घाँस र बोटबिरुवा रोप्ने काम रानीपोखरीको दक्षिण र पश्चिमपट्टी भइरहेछ।

त्यसैगरी, बालगोपालेश्वर मन्दिर, उक्त मन्दिरसम्म पुग्नका लागि पुल, बिजुली र सौन्दर्यकरणको काम भने जारी छ। निर्माण व्यवसायी सीएम तुलसी कन्सट्रक्सन जेभी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच भएको सम्झौता अनुसार काम भइरहेको सम्पदा विज्ञ राजुमान मानन्धरले बताए।

“रानीपोखरी पुनर्निर्माणको करीब ३० प्रतिशत काम बाँकी छ। बालगोपालेश्वर मन्दिर पनि एक/डेढ महीनामा तयार भइसक्छ” उनले देखापढीसँग भने। निर्माण सामग्रीहरू समयमै उपलब्ध हुने र कुनै किसिमको अवरोध नहुने हो भने अबको तीन महीनामै रानीपोखरी पूर्ण रूपमा तयार हुने मानन्धरको भनाइ छ। पोखरीलाई चारैतिरबाट घेरिएको पर्खालको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ।

मल्लकालीन ग्रन्थकुट शैलीमा निर्माण भइरहेको बालगोपालेश्वर मन्दिरको दोस्रो तला तयार भएको छ। त्यसमा गजुर राख्न र फुल बुट्टा भर्ने काम भने बाँकी छ। मन्दिरलाई रंगरोगन गर्ने लगायतका काम सक्न अझै केही समय लाग्ने मानन्धरले बताए। रमणीय र पर्यटकीय स्थलको रूपमा बनाउने भनिएको रानीपोखरीलाई सर्वसाधारणले कहिलेसम्म हेर्न पाउँछन् त ? मानन्धर भन्छन्, “केही ढिलो होला तर, आउँदो भाइटीकासम्म त निश्चित रूपमा खुल्छ।”

किन ढिलो हुन्छ ? उनले भने, “रानी पोखरी बनाउन प्रयोग गरिएको इँटा बजारमा पाइँदैन, यो भिन्न विशेषताको इँटा हो।” रानीपोखरी पुनर्निर्माणमा भक्तपुरमा पाइने माअपा, दचिअपा, नागल, लोफअपा (इँट्टा) प्रयोग भइरहेको छ। नेवारी भाषामा इँटालाई ‘अपा’ भनिन्छ।
रानीपोखरी तयार भएपछि कुन कुन बेला कसरी खोल्ने भन्ने बारेमा प्राधिकरणले कार्यविधि बनाइरहेको छ।

रानीपोखरीमा पहिलेको जस्तो बार लगाएर सर्वसाधारण प्रवेश नै गर्न नपाउने अवस्था भने अब हुँदैन। पर्यटकीय गन्तव्यको रूपमा रानीपोखरीलाई स्थापित गर्न लागिएको छ। २ माघ २०७२ मा गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्।

शुरूमा पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो। महानगरको काम विवादित बनेपछि रानीपोखरी बनाउने काम नेपाली सेनालाई दिनुपर्ने आवाज उठेको थियो। रानीपोखरी पुननिर्माण विवादित भएपछि पुनर्निर्माण प्राधिकरणल उपभोक्ता समिति गठन गरेर आफ्नै निगरानीमा काम शुरू गरेको थियो।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणले २५ करोड रूपैयाँ खर्च गर्दैछ। जसमा बालगोपालेश्वर मन्दिर पुननिर्माणको लागि मात्रै सीएम तुलसी कन्सट्रक्सन जेभीले १५ करोड रूपैयाँमा ठेक्का लिएको छ। त्यसबाहेक पोखरी र बाँकी कामको लागि करीब १० करोड खर्च हुने पुनर्निर्माणमा प्राधिकरणले बताएको छ। अहिलेसम्म रानी पोखरी पुनर्निर्माणमा करीव १७ करोड रूपैयाँ खर्च भइसकेको छ।

" /> काठमााडौं। मध्यान्ह १२ बजेको चर्को घाम। तर, कामदारहरू भने डटेर खटिइरहेका थिए, रानीपोखरी पुनर्निर्माणमा। लकडाउनकाबीच करीब ३६ भन्दा बढी कामदार र कालिगढहरू रानीपोखरीको पुनर्निर्माणमा अहिले पनि जुटिरहेछन्। त्यसो त पुनर्निमार्णको काम गत वैशाख १२ मै सक्नुपर्ने थियो। तर, लकडाउनका कारण पुनर्निर्माणको काम प्रभावित बन्यो। २०७५ सालको फागुन २० गतेबाट रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समितिमार्फत् शुरू भएको थियो।

६० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको पोखरी निर्माण भने एकसाता अघि सम्पन्न भइसकेको छ। पोखरीमा पानी जम्मा गर्नका लागि इँटा बिछ्याउने काम सम्पन्न भएको छ। रानीपोखरी वरिपरि घुम्न मिल्ने गरी बनाइएको बाटोको काम पनि लगभग सम्पन्न भइसकेको छ। यसमा इट्टा बिछ्याउने, घाँस र बोटबिरुवा रोप्ने काम रानीपोखरीको दक्षिण र पश्चिमपट्टी भइरहेछ।

त्यसैगरी, बालगोपालेश्वर मन्दिर, उक्त मन्दिरसम्म पुग्नका लागि पुल, बिजुली र सौन्दर्यकरणको काम भने जारी छ। निर्माण व्यवसायी सीएम तुलसी कन्सट्रक्सन जेभी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच भएको सम्झौता अनुसार काम भइरहेको सम्पदा विज्ञ राजुमान मानन्धरले बताए।

“रानीपोखरी पुनर्निर्माणको करीब ३० प्रतिशत काम बाँकी छ। बालगोपालेश्वर मन्दिर पनि एक/डेढ महीनामा तयार भइसक्छ” उनले देखापढीसँग भने। निर्माण सामग्रीहरू समयमै उपलब्ध हुने र कुनै किसिमको अवरोध नहुने हो भने अबको तीन महीनामै रानीपोखरी पूर्ण रूपमा तयार हुने मानन्धरको भनाइ छ। पोखरीलाई चारैतिरबाट घेरिएको पर्खालको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ।

मल्लकालीन ग्रन्थकुट शैलीमा निर्माण भइरहेको बालगोपालेश्वर मन्दिरको दोस्रो तला तयार भएको छ। त्यसमा गजुर राख्न र फुल बुट्टा भर्ने काम भने बाँकी छ। मन्दिरलाई रंगरोगन गर्ने लगायतका काम सक्न अझै केही समय लाग्ने मानन्धरले बताए। रमणीय र पर्यटकीय स्थलको रूपमा बनाउने भनिएको रानीपोखरीलाई सर्वसाधारणले कहिलेसम्म हेर्न पाउँछन् त ? मानन्धर भन्छन्, “केही ढिलो होला तर, आउँदो भाइटीकासम्म त निश्चित रूपमा खुल्छ।”

किन ढिलो हुन्छ ? उनले भने, “रानी पोखरी बनाउन प्रयोग गरिएको इँटा बजारमा पाइँदैन, यो भिन्न विशेषताको इँटा हो।” रानीपोखरी पुनर्निर्माणमा भक्तपुरमा पाइने माअपा, दचिअपा, नागल, लोफअपा (इँट्टा) प्रयोग भइरहेको छ। नेवारी भाषामा इँटालाई ‘अपा’ भनिन्छ।
रानीपोखरी तयार भएपछि कुन कुन बेला कसरी खोल्ने भन्ने बारेमा प्राधिकरणले कार्यविधि बनाइरहेको छ।

रानीपोखरीमा पहिलेको जस्तो बार लगाएर सर्वसाधारण प्रवेश नै गर्न नपाउने अवस्था भने अब हुँदैन। पर्यटकीय गन्तव्यको रूपमा रानीपोखरीलाई स्थापित गर्न लागिएको छ। २ माघ २०७२ मा गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्।

शुरूमा पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो। महानगरको काम विवादित बनेपछि रानीपोखरी बनाउने काम नेपाली सेनालाई दिनुपर्ने आवाज उठेको थियो। रानीपोखरी पुननिर्माण विवादित भएपछि पुनर्निर्माण प्राधिकरणल उपभोक्ता समिति गठन गरेर आफ्नै निगरानीमा काम शुरू गरेको थियो।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणले २५ करोड रूपैयाँ खर्च गर्दैछ। जसमा बालगोपालेश्वर मन्दिर पुननिर्माणको लागि मात्रै सीएम तुलसी कन्सट्रक्सन जेभीले १५ करोड रूपैयाँमा ठेक्का लिएको छ। त्यसबाहेक पोखरी र बाँकी कामको लागि करीब १० करोड खर्च हुने पुनर्निर्माणमा प्राधिकरणले बताएको छ। अहिलेसम्म रानी पोखरी पुनर्निर्माणमा करीव १७ करोड रूपैयाँ खर्च भइसकेको छ।

"> यसरी तयार हुँदैछ रानीपोखरी (भिडिओसहित): Dekhapadhi
यसरी तयार हुँदैछ रानीपोखरी (भिडिओसहित)
काठमााडौं। मध्यान्ह १२ बजेको चर्को घाम। तर, कामदारहरू भने डटेर खटिइरहेका थिए, रानीपोखरी पुनर्निर्माणमा। लकडाउनकाबीच करीब ३६ भन्दा बढी कामदार र कालिगढहरू रानीपोखरीको पुनर्निर्माणमा अहिले पनि जुटिरहेछन्। त्यसो त पुनर्निमार्णको काम गत वैशाख १२ मै सक्नुपर्ने थियो। तर, लकडाउनका कारण पुनर्निर्माणको काम प्रभावित बन्यो। २०७५ सालको फागुन २० गतेबाट रानीपोखरी पुनर्निर्माणको काम उपभोक्ता समितिमार्फत् शुरू भएको थियो।

६० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको पोखरी निर्माण भने एकसाता अघि सम्पन्न भइसकेको छ। पोखरीमा पानी जम्मा गर्नका लागि इँटा बिछ्याउने काम सम्पन्न भएको छ। रानीपोखरी वरिपरि घुम्न मिल्ने गरी बनाइएको बाटोको काम पनि लगभग सम्पन्न भइसकेको छ। यसमा इट्टा बिछ्याउने, घाँस र बोटबिरुवा रोप्ने काम रानीपोखरीको दक्षिण र पश्चिमपट्टी भइरहेछ।

त्यसैगरी, बालगोपालेश्वर मन्दिर, उक्त मन्दिरसम्म पुग्नका लागि पुल, बिजुली र सौन्दर्यकरणको काम भने जारी छ। निर्माण व्यवसायी सीएम तुलसी कन्सट्रक्सन जेभी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच भएको सम्झौता अनुसार काम भइरहेको सम्पदा विज्ञ राजुमान मानन्धरले बताए।

“रानीपोखरी पुनर्निर्माणको करीब ३० प्रतिशत काम बाँकी छ। बालगोपालेश्वर मन्दिर पनि एक/डेढ महीनामा तयार भइसक्छ” उनले देखापढीसँग भने। निर्माण सामग्रीहरू समयमै उपलब्ध हुने र कुनै किसिमको अवरोध नहुने हो भने अबको तीन महीनामै रानीपोखरी पूर्ण रूपमा तयार हुने मानन्धरको भनाइ छ। पोखरीलाई चारैतिरबाट घेरिएको पर्खालको काम ९५ प्रतिशत सम्पन्न भइसकेको छ।

मल्लकालीन ग्रन्थकुट शैलीमा निर्माण भइरहेको बालगोपालेश्वर मन्दिरको दोस्रो तला तयार भएको छ। त्यसमा गजुर राख्न र फुल बुट्टा भर्ने काम भने बाँकी छ। मन्दिरलाई रंगरोगन गर्ने लगायतका काम सक्न अझै केही समय लाग्ने मानन्धरले बताए। रमणीय र पर्यटकीय स्थलको रूपमा बनाउने भनिएको रानीपोखरीलाई सर्वसाधारणले कहिलेसम्म हेर्न पाउँछन् त ? मानन्धर भन्छन्, “केही ढिलो होला तर, आउँदो भाइटीकासम्म त निश्चित रूपमा खुल्छ।”

किन ढिलो हुन्छ ? उनले भने, “रानी पोखरी बनाउन प्रयोग गरिएको इँटा बजारमा पाइँदैन, यो भिन्न विशेषताको इँटा हो।” रानीपोखरी पुनर्निर्माणमा भक्तपुरमा पाइने माअपा, दचिअपा, नागल, लोफअपा (इँट्टा) प्रयोग भइरहेको छ। नेवारी भाषामा इँटालाई ‘अपा’ भनिन्छ।
रानीपोखरी तयार भएपछि कुन कुन बेला कसरी खोल्ने भन्ने बारेमा प्राधिकरणले कार्यविधि बनाइरहेको छ।

रानीपोखरीमा पहिलेको जस्तो बार लगाएर सर्वसाधारण प्रवेश नै गर्न नपाउने अवस्था भने अब हुँदैन। पर्यटकीय गन्तव्यको रूपमा रानीपोखरीलाई स्थापित गर्न लागिएको छ। २ माघ २०७२ मा गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन्।

शुरूमा पुनर्निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो। महानगरको काम विवादित बनेपछि रानीपोखरी बनाउने काम नेपाली सेनालाई दिनुपर्ने आवाज उठेको थियो। रानीपोखरी पुननिर्माण विवादित भएपछि पुनर्निर्माण प्राधिकरणल उपभोक्ता समिति गठन गरेर आफ्नै निगरानीमा काम शुरू गरेको थियो।

रानीपोखरी पुनर्निर्माणमा प्राधिकरणले २५ करोड रूपैयाँ खर्च गर्दैछ। जसमा बालगोपालेश्वर मन्दिर पुननिर्माणको लागि मात्रै सीएम तुलसी कन्सट्रक्सन जेभीले १५ करोड रूपैयाँमा ठेक्का लिएको छ। त्यसबाहेक पोखरी र बाँकी कामको लागि करीब १० करोड खर्च हुने पुनर्निर्माणमा प्राधिकरणले बताएको छ। अहिलेसम्म रानी पोखरी पुनर्निर्माणमा करीव १७ करोड रूपैयाँ खर्च भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्