कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७१७ पुगेको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७१७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमितहरूमा ८५५ महिला र दुई हजार ८७२ जना पुरूष रहेका छन्।
महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९८६, कञ्चनपुरमा ४४०, डडेलधुरामा २६९, डोटीमा ५३३, अछाममा ५८७, बाजुरामा ४४४, बैतडीमा २९७, बझाङमा १४३ र दार्चुलामा १८ जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ।
यस प्रदेशबाट ९९३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् त्यस्तै प्रदेशका विभिन्न अस्पतालको आइसोलेसनमा ८५ जना उपचाररत छन्।
सुदूरपश्चिममा कोभिड-१९ देखिएका आठजनाको मृत्यु भएको छ। उनीहरू कैलालीका चार, बाजुराका दुई, अछामका एक र बझाङका एक जना रहेका छन्।
मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोभिड-१९ पोजिटिभ देखिएको थियो भने एकजनाले आफूमा संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या तीन हजार ७१७ पुगेको छ।सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ७१७ जनामा संक्रमण पुष्टि भएको हो।

">