कैलाली। आफ्नै ७५ वर्षीया हजुरआमाको दाउले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
कैलालीको चुरे गाउँपालिका-६, भावरका २३ वर्षीय गणेशबहादुर ऐरले हजुरआमा पार्वतीदेवी ऐरलाई फलामको रड र दाउले हानेर हत्या गरेको प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रतिक बिष्टका अनुसार युवकले मंगलबार दिउँसो ३ बजेतिर घरमा कोही नभएको मौका छोपी हजुरआमालाई फलामको रडले घाँटीमा प्रहार गरी घाइते बनाएर घरको पछाडि रहेको अरहरको बारीमा लगेर धारिलो हतियार (दाउ) ले घाँटीमा प्रहार गरी हत्या गरेका हुन्।
हजुरआमाको हत्यापछि त्यही अरहरले छोपी राखेको अवस्थामा शव बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका नायव प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।
बुधबार बिहान हत्या भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय फल्टुडेमा गएको प्रहरी टोलीले ऐरलाई घरबाट नै पक्राउ गरेको हाे।
हत्यामा प्रयोग भएकाे फलामको रड र धारिलो हतियार (दाउ) समेत बरामद गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> कैलाली। आफ्नै ७५ वर्षीया हजुरआमाको दाउले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।कैलालीको चुरे गाउँपालिका-६, भावरका २३ वर्षीय गणेशबहादुर ऐरले हजुरआमा पार्वतीदेवी ऐरलाई फलामको रड र दाउले हानेर हत्या गरेको प्रहरीले जनाएकाे छ।

">