स्याङ्जा। वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

नगरपालिकाको विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बाढी पहिरोको उच्च जोखिममा रहेको वस्तीलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरेसँगै वालिङ­-८ का सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको नगर प्रमुख एवं विपद व्यवस्थापन समितिका संयोजक दिलीपप्रताप खाँणले बताए।

“दलित समुदायको वस्ती रहेको उक्त गाउँका सात घर परिवारलाई नजिकैको अमिलीथुम आधारभूत विद्यालयको भवनमा सारिएको छ”, नगर प्रमुख खाँणले भने, “तत्काल मानवीय क्षति नहोस् भन्नका लागि नजिकैको विद्यालयमा सारेका हौँ, यो दीर्घकालीन नभई अस्थायी हो।”

वर्षायाममा बाढी पहिरोको उच्च जोखिम हुन सक्ने सम्भावित गाउँलाई पूर्व सावधानीस्वरूप विद्यालयमा स्थानान्तरण गरिएको र वर्षायाम हटेसँगै उनीहरूलाई दीर्घकालीनरूपमा बसोबासको व्यवस्थापन मिलाउनका लागि जग्गाको खोजी कार्य भइरहेको उनले बताए।

वालिङ नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले नगरभित्रका बाढी पहिरो तथा भू-क्षय जान सक्ने सम्भावित वस्तीहरूको पहिचान गरी उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरेको छ।

वालिङ नगरपालिका-­१३ को कुसुण्डेमा पनि ३२ घरधुरी पहिरोको उच्च जोखिममा रहेकाले उनीहरुलाई पनि सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन्। रासस

" /> स्याङ्जा। वालिङ नगरपालिकाले पहिरोको उच्च जोखिममा रहेको वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

"> वालिङका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण: Dekhapadhi
वालिङका सात परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

प्रतिक्रिया दिनुहोस्