काठमाडौं। भारत सरकारको तीन करोड ५१ लाख १० हजार रूपैयाँ सहयोगमा मुगुको रातापानीमा महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण गरिएको छ। भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।
सन् २००७ मा स्थापना भएको उक्त क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो। विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त सो क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको छ।
क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ। हुम्ला र बाजुरालगायतका जिल्लाका २४ भन्दा बढी गाविसका विद्यार्थीहरू अध्ययनरत उक्त क्याम्पसमा विद्यार्थीहरूको लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ।
नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो।
“यस नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ,” काठमाडौंस्थित भारतीय दूतावासले आज जारी गरेको विज्ञिप्तिमा भनिएको छ।
" /> काठमाडौं। भारत सरकारको तीन करोड ५१ लाख १० हजार रूपैयाँ सहयोगमा मुगुको रातापानीमा महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन निर्माण गरिएको छ। भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ।क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ। हुम्ला र बाजुरालगायतका जिल्लाका २४ भन्दा बढी गाविसका विद्यार्थीहरू अध्ययनरत उक्त क्याम्पसमा विद्यार्थीहरूको लागि विविध छात्रवृत्तिको व्यवस्था पनि रहेको छ।

">