सल्यानमा सिँचाइ र कृषि सडकमा जोड
सल्यान। सल्यानमा सिँचाइ तथा कृषि सडकमा विशेष जोड दिएको छ।

जिल्लाका १० वटै स्थानीय तहमा कृषिजन्य वस्तुको उत्पादन अभिवृद्धि गरी निर्यात गर्ने उद्देश्यले सिँचाइ तथा कृषि सडकमा विशेष जोड दिएको हो।

यसका लागि चालू आर्थिक वर्षमा सात करोडभन्दा बढी खर्च भएको छ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सात करोड पाँच लाख रूपैयाँ खर्च भएको हो।

जिल्लाका सबै स्थानीय तहमा २५ वटा साना तथा मझौला सिँचाइ कुलो र २४ वटा कृषि सडक निर्माण गरिएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्