काठमाडौं। देशका पाँच वटा प्रदेशमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ।
भारी वर्षाको बेला पहाडमा पहिरो जाने, खोला तथा नदीको वरपर बाढी आउने र तराईका केही क्षेत्र डुबानमा पर्नसक्ने आकलन गरिएको छ। यस्तोबेला पक्कै पनि आपूm रहेको स्थान कति सुरक्षित छ भन्ने जो कोही जान्न चाहन्छ।
यस्तो जानकारी कहाँबाट पाउने त?
बाढी-पहिरो र डुबानको जोखिमबारे जानकारी अब तपाईं जहाँ बस्नुहुन्छ त्यहीँबाट लिन सक्नुहुनेछ। यसको लागि तपाई्रसँग ल्यान्डलाइन वा मोबाइल फोन भने हुनैपर्छ।
“ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं. ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ मा चौबिसै घण्टा सेवा उपलब्ध गरेको जानकारी गराउँछौं।”
तपाईंसँग फोन भए निशुल्क यस्तो जानकारी लिन सक्नुहुनेछ। यसको लागि तपाईंले ११५५ वा १४४९ नम्बर डायल गर्नुपर्ने हुन्छ। चौबिसै घण्टा तपाईंले जानकारी लिन सक्नु हुनेछ।
“ठूला नदीनालामा आउने बाढीबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं. ११५५ र आपत्कालीन सेवाका लागि राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रको टोल फ्रि नं. ११४९ मा चौबिसै घण्टा सेवा उपलब्ध गरेको जानकारी गराउँछौं,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ।
शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा हुँदा कन्काई, कोशी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ।
खासगरी प्रदेश १ र २ का चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरूमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दालाई सतर्क रहन प्राधिकरणले विशेष आग्रह गरेको छ।
तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिराहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायतका जिल्लाका कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएकाले बेलैमा सचेत रहन पनि प्राधिकरणले भनेको छ।
“लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बासिन्दाले पनि यो समयामा सतर्क रहन जरूरी छ। त्यसैले आफ्नो गाउँ, टोल, बस्ती आसपासका खोला नदीको बहावबारे जानकारी लिँदै गर्नुहुन अनुरोध छ,” प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ।
भारी वर्षाबाट हुनसक्ने क्षतिको मध्यनजर गर्दै विपद्का क्षणमा संघीय मन्त्रालय, प्रादेशिक सरकार, स्थानीय सरकार, राजनीतिक दल, संयुक्त राष्ट्रसंघीय एजेन्सीहरू, विकास साझेदारहरू, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र एवम् सम्बद्ध निकायलगायत विपद् व्यवस्थापनका खटिने निकायहरू र सर्वसाधारणहरू उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन पनि प्राधिकरणले अनुरोध गरेको छ।
" /> काठमाडौं। देशका पाँच वटा प्रदेशमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षा हुने पूर्वानुमान महाशाखाको छ।भारी वर्षाको बेला पहाडमा पहिरो जाने, खोला तथा नदीको वरपर बाढी आउने र तराईका केही क्षेत्र डुबानमा पर्नसक्ने आकलन गरिएको छ। यस्तोबेला पक्कै पनि आपूm रहेको स्थान कति सुरक्षित छ भन्ने जो कोही जान्न चाहन्छ।

">