प्रदेश अस्पताल सुर्खेतमा थपियो पीसीआर मेसिन

सुर्खेत। प्रदेश अस्पताल सुर्खेतमा कोभिड-१९ को स्वाब परीक्षणका लागि नयाँ पीसीआर मेसिन थपिएको छ।

प्रदेश अस्पतालले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा जडान गरेको उक्त मेसिनबाट कोरोना परीक्षण सुरू भएको छ।

यहाँ सञ्चालित मेसिन बिग्रिँदा डेढ सातादेखि कोरोना परीक्षण हुन सकेको थिएन।

सुर्खेतमा परीक्षण बन्द भएपछि यहाँबाट दैलेख, जुम्ला र नेपालगञ्ज परीक्षणका लागि पठाउनुपरेको थियो ।

अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले नयाँ मेसिन जडान गरेर परीक्षण सुरू गरिएको जानकारी दिए।

उनका अनुसार नयाँ मेसिनले एकपटकमा ९६ वटा नमूना स्वाब परीक्षण गर्न सक्छ।

प्रदेश सरकारको २४ लाख ९० हजार रूपैयाँ सहयोगमा उक्त मेसिन खरिद गरिएको हो।

हाल कर्णालीमा सुर्खेतसहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख जिल्ला अस्पतालबाट कोरोना परीक्षण हुँदै आएको छ।

त्यस्तै, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा पीसीआर मेसिन जडान गरिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्