बालगुङ। बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ।
सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो।
आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी आव २०७७/७८ मा निर्माण कार्य थाल्न बजेटसमेत विनियोजन भएको छ।
जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले आठ लाख रूपैयाँको लागतमा सम्भाव्यता अध्ययनसहित डीपीआर तयार गरेको थियो।
२४ करोड रूपैयाँभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत् बागलुङ नगरपालिकालाई आगामी आव २०७७/७८ मा ५० लाख रूपैयाँ बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिए।
जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताए।
“यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ”, पौडेलले भने, “सुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरू आउँदै जानेछन्।”
नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माण कार्य आरम्भ गरिनेछ।
पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ। हालसम्म कानूनी प्रक्रिया सबै पूरा भइसकेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकालेपछि यसको पहल थालिएको थियो।
२० वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यान दिएर जुलोजिकल पार्क निर्माण गरिने निर्माणको जिम्मा लिएको आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनका अध्यक्ष शेरसिंह ठकुन्नाले जानकारी दिए।
जंगली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिँदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो।
सामुदायिक वन क्षेत्रमा १०० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा पाइएको छ।
बागलुङमा पाँच कोटको संगम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ। रासस
" /> बालगुङ। बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ।सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो।

">